×

NMB BANK
NIC ASIA

इन्टरनेटको मूल्य बढ्ने व्यवसायीको चेतावनी

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल र केबल प्रयोग गरी सेवा विस्तार गर्ने इन्टरनेट र केबल टेलिभिजन सेवा प्रदायकका लागि नयाँ भाडादर तय गरेको छ ।

Muktinath Bank

प्राधिकरणले माघ २ गतेदेखि लागू हुने भन्दै नयाँ भाडादर तय गरेपछि यसले इन्टरनेटको मूल्य बढ्न सक्ने व्यवसायीको चेतावनी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणले आफ्नो अप्टिकल फाइबर र पोल प्रयोग गर्नेहरूलाई पुस २८ गते पत्र लेख्दै माघ २ गतेदेखि पुरानो सम्झौताको म्याद समाप्त हुने र नयाँ सम्झौता गर्दा नयाँ भाडादर लागू हुने भन्दै पत्र लेखेको हो ।


Advertisment
Nabil box
Kumari

प्राधिकरणको पत्रअनुसार ६६ केभी र ३३ केभी वा त्योभन्दा कम भोल्टेज स्तरको प्रसारण लाइनमा भएको अप्टिकल फाइबरको भाडादर दोब्बर बनाइएको छ ।

Vianet communication
Laxmi Bank

प्राधिकरणको ६६ केभी र त्योभन्दा माथिल्लो भोल्टेज स्तरको प्रसारण लाइनमा जडित फाइबर कोरको प्रतिकिमि प्रतिवर्ष प्रतिफाइबर कोरको भाडादर करबाहेक ३२ हजार रुपैयाँ लाग्ने पत्रमा उल्लेख छ । ३३ केभी र त्यसभन्दा मुनिको भोल्टेज स्तरको वितरण लाइनमा जडित फाइबर कोरको हकमा प्रतिकिमि प्रतिवर्ष फाइबर कोरको भाडादर करबाहेक ३० हजार रुपैयाँ लाग्ने पत्रमा उल्लेख छ । प्राधिकरणको वितरण र प्रसारण लाइनमा जडित फाइबर प्रयोग गरेबापत लाग्ने भाडादर दोब्बर बढेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) अध्यक्ष सुधीर पराजुलीले बताए ।

पोलको भाडादरमा पनि प्राधिकरणले मूल्यवृद्धि गरेको छ । प्राधिकरणले ग्रामीण क्षेत्रमा प्रतिपोलको भाडा प्रतिवर्ष ५० रुपैयाँ लिँदै आएकामा नयाँ भाडादर करीब २०० रुपैयाँ पुगेको उनको भनाइ छ । महानगर क्षेत्रमा प्राधिकरणले प्रतिपोलको भाडा २०० लिँदै आएकामा अहिले ३०० रुपैयाँभन्दा बढी पुर्‍याइएको पराजुलीले बताए ।

प्राधिकरणले पहिलो पटक २०७५ असार २६ मा आफ्ना पूर्वाधार प्रयोग गरेबापत लाग्ने भाडामा करीब ५०० प्रतिशतसम्म वृद्धि गरेको थियो । प्राधिकरणको निर्णयको सर्वत्र विरोध भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्यालको संयोजकत्वमा सुझाव समिति गठन गठन भएको थियो ।

२०७६ मंसिर १ गते गठित समितिले दिएको सुझावलाई हुबहु कार्यान्वयन गर्दै प्राधिकरणले नयाँ भाडादर निर्धारण गरेको हो । समितिमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, ऊर्जा मन्त्रालयका सहसचिव तोयानाथ अर्याल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज अधिकारी सदस्य थिए ।

समितिले विद्युत् प्राधिकरणले अप्टिकल फाइबर भाडामा लगाउने काम अनुमतिप्राप्त कम्पनीमार्फत गराउनुपर्ने, नेपाल टेलिकमको नेतृत्वमा पूर्वाधार कम्पनी खडा गरी सोही कम्पनीले निर्माण गर्ने पूर्वाधारलाई सहप्रयोगमा लगाउनपर्ने निष्कर्ष निकालेको थियो ।

समितिले प्राधिकरणले निर्धारण गरेको भाडादर घटाएर लागू गर्न सुझाएको थियो । सोही समितिको सिफारिसको आधारमा नयाँ भाडादर निर्धारण गरिएको विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

तर आइस्पान अध्यक्ष पराजुली भने प्राधिकरणकै पुरानो भाडादर नै घटाउनुपर्ने माग व्यवसायीले राखेका बेला भाडादर दुई गुणासम्म बढ्दा इन्टरनेटको शुल्क महंगिने बताउँछन् । ‘सरकारले इन्टरनेट शुल्कलाई प्रतिव्यक्ति आयको ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ तर सरकारकै निकायबाट पूर्वाधार प्रयोग गरेबापतको भाडा वृद्धि भइरहेको छ,’ उनले भने, ‘सरकारको नीतिमै विरोधाभास हुँदा इन्टरनेटको मूल्य बढ्न सक्छ ।’

भाडादर बढ्दा सेवा प्रदायकहरूको लागत बढ्न गई इन्टरनेटको शुल्क बढ्ने विषयमा प्राधिकरणलाई जानकारी गराइएको पनि उनले जनाए । ‘हामी नयाँ भाडादरको विरोधमा छौं,’ उनले भने, ‘एकैचोटि शुल्क नबढे पनि बिस्तारै शुल्क बढ्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x