×

NMB BANK
NIC ASIA

प्रचण्ड–नेपालले गणतन्त्रमाथि हमला गर्न थाले : केपी ओली

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर्न थालेको बताएका छन् ।

Muktinath Bank

गणतन्त्रको सर्वाेच्च संस्था राष्ट्रपतिमाथि दिनदिनै हमला गरेर दाहाल र नेपाल पक्षले गणतन्त्रमाथि नै हमला गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओलीले आइतवार आफूनिकट अखिल नेपाल महिला संघको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै गणतन्त्रको सबै प्रणालीविरुद्ध व्यापक हमला हुन थालेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘अहिले हाम्रो सबै प्रणालीविरुद्ध ब्यापक हमला भएको छ । २ किसिमका हमला छन् । प्रचण्ड–माधव नेपाल गुटबाट राष्ट्रपतिमाथि हमला भएको छ । गणतन्त्र प्रणालीमा सर्वाेच्च संस्था राष्ट्रपति हो । राष्ट्रपतिमाथि अहिले हमला बढाइएको छ,’ उनले भने, ‘राष्ट्रपतिले संविधानले व्यवस्था गरेअनुसार काम गर्ने र प्रधानमन्त्रीले सिफारिस गरेका काम गर्ने हो । त्यसमा कमजोरी भएको रहेछ भने राष्ट्रपतिको कमजोरी हुँदैन, प्रधानमन्त्रीको कमजोरी हुन्छ । तर राष्ट्रपतिमाथि प्रहार गरेर प्रणालीमाथि नै हमला गरिएको छ ।’

Vianet communication
Laxmi Bank

ओलीले आफूले प्रतिनिधिसभा विघटन संविधान, राष्ट्र र गणतन्त्रकै हितमा रहेर गरेको बताए । त्यसका लागि आफू जुनकुनै हिसाबले पनि जवाफ दिन र बहस गर्न तयार रहेको उनको भनाइ थियो ।

‘म जवाफ दिन तयार छु, बहस गर्न तयार छु, प्रधानमन्त्रीले गरेको काम राष्ट्रको हित, संविधानको पक्षमा छ,’ उनले भने ।

उनले राजतन्त्रका बेला दाम चढाउन जानेहरूले हमला गर्नुको अर्थ नहुने पनि बताए । ‘राजाका पालामा दाम चढाउन गएका यिनै होइनन् । पाउ दाममा राखेर वरिपरि घुमेर परिक्रमा गरेर दर्शन गरेको होइन, अनि गणतन्त्र हुँदा राष्ट्रपतिमाथिको हमला । यो गणतन्त्रमाथिकै हमला हो । न्यायमूर्तिमाथिको हमला पनि हो । अदालतमाथिको जनविश्वास कमजोर पार्ने षड्यन्त्र भइरहेको छ,’ ओलीले भने ।

उनले दाहाल–नेपाल समूह सर्वोच्च अदालत र निर्वाचन आयोगको हुर्मत लिने काममा लागेको समेत आरोप लगाए । ‘अदालतप्रति सम्मान छ । तर हामीले भनेजसरी फैसला आएन भने सडकबाट संसद् पुनःस्थापना गर्छौं । यो भनेको न्यायालयमाथि हमला होइन ?’ उनले प्रश्न गरे ।

न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भनेर न्यायालय कमजोर पार्ने प्रयास भएको उनको भनाइ थियो । उनले त्यस्ता पात्रहरूको नाम लिँदा पनि आफूलाई कुल्ला गर्नुपर्लाजस्तो लाग्ने गरेको बताए ।

उनले ‘जनयुद्ध’ लडाकुले होइन दाहालले छाडेको बताए । सिक्लेसबाट सरकारी हेलिकप्टर चढेर काठमाडौं आएकै दिन दाहालले जनयुद्ध, जनयुद्ध लडेका लडाकू सबैलाई छाडेको आरोप उनले लगाए । ‘कार्यकर्ताले छाडेका होइनन्, जनयुद्ध, प्रचण्डले छाड्नुभएको हो । लडाकूले छाडेका होइनन्, प्रचण्डले छाड्नुभएको हो, जनयुद्ध । सिक्लेसबाट सरकारी हेलिकप्टरमा चढेर काठमाडौं आएको दिनदेखि कहिले लडाकु सम्झिनुभयो ? लडाकुका नाममा पैसा लिँदै गर्नुभयो, लडाकु कहाँ पुगे, जसको शरीरमा गोली छन्, छर्रा छन्, अंगभंग छन्, ती कहाँ छन्, ती कहिल्यै प्रचण्डले सम्झिनुभयो ? आफन्त सम्झिनुभयो, आफन्तका सात पुस्ता सम्झिनुभयो,’ उनले भने, ‘कार्यकर्ताको दोष छैन । लडाकू कार्यकर्ता देशका लागि लडे, जनताको सुखका लागि लड्ने भनेर लडाइयो । अहिले लडाकुको अवस्था के छ ? तर, हामी बहिर्गमित लडाकु सबैलाई यथोचित सम्मानको व्यवस्था गर्नेछौं ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x