×

NMB BANK
NIC ASIA

सर्वाेच्चमा सवाल–जवाफ : वैकल्पिक सरकारको सम्भावना थियो कि थिएन ?

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले ‘वैकल्पिक सरकार’ बन्ने अवस्था नभएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरिरहेका बेला संवैधानिक इजलासले प्रतिनिधिसभाबाट ‘अर्को सरकार बन्ने अवस्था थियो कि थिएन ?’ भन्ने चासो राखेको छ । 

Muktinath Bank

सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार सुरु भएको नियमित सुनुवाइमा बहस गरिरहेका अधिवक्ता भीमार्जुन आचार्यलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘संविधानको धारा ७६ को उपधारा ७ मा प्रतिनिधिसभा विघटनको व्यवस्था छैन र ?’ भनी जिज्ञासा राखेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले यसअघि पनि बारम्बार बहुमत प्राप्त दलले ‘सरकार चलाउँदिनँ भन्दा प्रतिनिधिसभा विघटन गर्न पाउँदैन र ?’ भनी प्रश्न गरेका थिए । उनको आशय बहुमत प्राप्त सरकारको विकल्पका रूपमा प्रतिनिधि सभामा अर्को सरकार बन्ने सम्भावना हुन्छ कि हुँदैन भन्ने थियो ।


Advertisment
Nabil box
Kumari

अधिवक्ता आचार्यले २०४७ सालको संविधानमा झैं प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार अहिलेको संविधानमा नभएको तर्क गरे । २०४७ सालको संविधानको धारा ५३ को उपधारा ४ मा ‘श्री ५ बाट प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्न सकिबक्सनेछ’ भन्ने वाक्यांश छ । अहिलेको संविधानमा बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री भएको अवस्थामा विघटनको परिकल्पना नभएको आचार्यले बताए । संविधानमा अन्य विकल्प हुँदाहुँदै त्यसको प्रयोग नगरी सोझै उपधारा ७ मा जान नमिल्ने उनको तर्क थियो ।

Vianet communication
Laxmi Bank

बहस गरिरहेका आचार्यलाई प्रधानन्यायाधीश जबराले ‘बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न किन नपाउने ?’ भनी दोहोर्‍याएर सोधे । जवाफमा आचार्यले नमिल्ने बताए । त्यसपछि जबराले अल्पमतको सरकार बन्ने अवस्था नभए प्रधानमन्त्रीले किन विघटन गर्न नसक्ने भनी प्रश्न गरे । अधिवक्ता आचार्यले भने, ‘काल्पनिक कुरामा अदालत प्रवेश गर्न मिल्दैन । यो विषय प्रतिनिधिसभाले बोल्ने हो ।’ उनले यसको परीक्षण प्रतिनिधिसभामा हुनुपर्ने भनी दोहोर्‍याए ।

इजलासले बारम्बार ‘वैकल्पिक सरकारको विकल्प थिएन भन्ने दाबीको परीक्षण कसरी हुने ?’ भनी सोधेको थियो । कानुन व्यवसायीहरूको मतमा त्यो विषय प्रतिनिधिसभाबाट परीक्षण हुनुपर्छ । त्यसमा प्रधानन्यायाधीश जबराले भने, ‘त्यो अधिकार प्रतिनिधिसभालाई कहाँ छ र ? धारा ७६ का सबै उपधारामा छैन । प्रतिनिधिसभाले नै सरकार बनेन भनेर प्रमाणित गर्ने ?’

जवाफमा आचार्यले प्रधानमन्त्रीको दाबीको भरमा वैकल्पिक सरकारको सम्भावना थिएन भनेर मान्न नसकिने उल्लेख गर्दै प्रतिनिधि सभामा नै त्यसको परीक्षण हुनुपर्ने बताए । उनले संविधानको धारा ७६ मा विभिन्न विकल्पसहित उपधाराको व्यवस्था गरिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतातिर संसदीय अभ्यास हुन नदिएको दाबी गरे ।

आचार्यपछि बहस गरेका अर्का अधिवक्ता सुनीलकुमार पोखरेललाई पनि इजलासले यही जिज्ञासा दोहोर्‍यायो । प्रधानन्यायाधीश जबराले बहुमतको सरकारको अर्को विकल्प के हुन्छ भनी जिज्ञासा राखे । ‘धारा ७६ को उपधारा १ अनुसार सरकार बन्ने अवस्था नभए पो उपधारा २, ३ लगायतका विकल्पमा जाला,’ प्रधानन्यायाधीश जबराले भने, ‘धारा १ अनुसारको बहुमतको सरकार नै नरहे अरू के विकल्प होला ? त्यसैले सोझै उपधारा ७ मा जान मिल्दैन र ?’

संविधानको धारा ७६ मा सरकार गठनसम्बन्धी प्रक्रियाको व्यवस्था छ । त्यही धाराको उपधारा १ मा पहिलो विकल्पका रूपमा एकै दलको बहुमतको सरकार गठन हुने प्रावधान छ । त्यसो नभए उपधारा २ अनुसार, दोस्रो विकल्पका रूपमा २ वा त्योभन्दा बढी दलको मिलीजुली सरकार बन्ने व्यवस्था छ । त्यसो पनि नभए उपधारा ३ अनुसार, सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरी विश्वासको मत लिने अवसर दिनुपर्छ । उसले पनि विश्वासको मत लिन नसके, जोकोही सांसदलाई प्रधानमन्त्री हुने सुविधा छ तर त्यसका लागि उसले उपधारा ५ बमोजिम आफूले विश्वासको मत पाउँछु भन्ने आधार देखाएर प्रधानमन्त्री बन्नुपर्छ । उसले पनि विश्वासको मत नपाए बल्ल उसैको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन घोषणा गर्ने व्यवस्था छ ।

‘संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिएको छ तर सर्तसहित,’ अधिवक्ता पोखरेलले भने, ‘प्रतिनिधि सभाले प्रधानमन्त्री निर्वाचित गर्ने हो । उसले कुनै पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसके मात्रै विघटन हुने परिकल्पना छ । नत्र अरू प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न मिल्दैन ।’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले असहयोग गरेको झोकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर प्रतिशोध लिन नमिल्ने पोखरेलको तर्क थियो । उनले प्रतिनिधिसभाभित्र विवाद नै प्रवेश नगरेकाले अनुमानका भरमा विघटन गर्न नहुने बताए ।

‘प्रधानमन्त्रीको इच्छा र रहरमा भन्दा पनि प्रतिनिधिसभाले बारम्बार विश्वास नगरेको परिणाममा मात्रै प्रतिनिधिसभा विघटन हुने व्यवस्था अहिलेको संविधानमा हो,’ उनले भने, ‘बेसारपानी खाएपछि कोरोना निको हुन्छ भन्दा ताली पिटेर समर्थन गर्ने प्रतिनिधिसभाबाट उहाँलाई कसरी असहयोग भयो ?’

संवैधानिक इजलासले सुनुवाइको पहिलो दिनदेखि नै ‘सरकारको विकल्प’ को सवालमा ज्यादा रुचि राख्दै आएको देखिन्छ । खासगरी, प्रधानन्यायाधीश जबराले अपवादबाहेक बहस गर्ने हरेक कानून व्यवसायीलाई ‘बहुमत प्राप्त दलको नेताले म सरकार चलाउँदिनँ, निर्वाचनमा जान्छु भन्न किन नपाउने ?’ भनी बारम्बार जिज्ञासा राखेका थिए । 

उनले बहुमत प्राप्त दलको विकल्पमा प्रतिनिधिसभामा अर्को सरकार बन्ने सम्भावना थियो कि थिएन भनेर समेत प्रश्न सोधिरहेका छन् । गत पुस १० गते सर्वोच्च अदालतले कारण देखाऊ आदेशमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको संख्या र उनीहरूको नामावलीसमेत मागेको थियो ।

प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव र दलीय अंकगणित केलाउन यो विवरण मागिएको हो । किनभने सत्तापक्षले सरकार ढलेको भए अर्को सरकार गठनको विकल्प नै नभएको दाबी गरिरहेको थियो ।

प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका कानुन व्यवसायीहरू भने यो सरकारको विकल्प थियो कि थिएन भन्ने विषय दलीय अंकगणितभन्दा पनि प्रतिनिधिसभाको बैठकभित्रकै अभ्यासबाट निचोड निस्कनुपर्ने बताउँछन् । आफ्नो दलभित्रको असहयोग भएको र अर्को सरकारको विकल्प नभएको प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी भए पनि संसदीय अभ्यासबाट त्यसको पुष्टि हुनुपर्ने कानून व्यवसायीहरूको मत छ ।

बहसका क्रममा संवैधानिक कानुनविद् भीमार्जुन आचार्यले पनि २ आधारमा मात्रै प्रतिनिधिसभा विघटन हुने बताए । धारा ८५ अनुसार प्रतिनिधिसभाको अवधि सकिन्छ, जहाँ प्रतिनिधिसभाको अवधि ५ वर्ष भनेर लेखिएको छ । अर्को, धारा ७६ को उपधारा ७ मा विघटनकै व्यवस्था छ । अहिलेको सरकारले प्रतिनिधिसभाबाट अविश्वासको सामना गर्न नपरेको र बहुमतकै सरकार निरन्तर भएको बताउँदै उनले यस्तो सरकारले प्रतिनिधिसभा विघटन गर्न नसक्ने जिकिर गरे । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x