×

NMB BANK
NIC ASIA

घर भत्किएर बिचल्ली परेका खत्री दम्पतीलाई चन्दा उठाएर नयाँ घर

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारी वर्षाका कारण घर भत्किएपछि विचल्नीमा परेका खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७३ वर्षीय मानबहादुर खत्री र उनकी ७१ वर्षीया पत्नी छलिमायाँ खत्रीका लागि स्थानीय बासिन्दाले चन्दा उठाएरै नयाँ घर निर्माण गरिदिएका छन् ।

Muktinath Bank

गत असार ३२ गते राति परेको भारी वर्षाका कारण घर भत्किएपछि विचल्लीमा परेका खत्री दम्पत्तीको घर पुनःनिर्माणका लागि आफन्त तथा शुभेच्छुकले चन्दा संकलन गरेर २ तले नयाँ घर निर्माण गरिदिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय अभियानकर्मी थिरेन्द्र भट्टराई, बमबहादुर खत्री र सन्तोष केसीको पहलमा चन्दा संकलन अभियान सञ्चालन गरेर प्राकृतिक प्रकोप पीडित खत्री दम्पतीलाई भूकम्प प्रतिरोधक नयाँ घर निर्माण गरिदिएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

अभियानका क्रममा खत्री दम्पतीको घर पुनः नर्माणका लागि स्वदेश तथा विदेशबाट ३ लाख ६० हजार ८६२ रुपैयाँ संकलन भएको थियो । 

Vianet communication
Laxmi Bank

घर निर्माणका लागि संकलन भएकामध्ये ३ लाख २१ हजार ७०८ रुपैयाँमै खत्री दम्पतीको नयाँ घर ठडिएको अभियानकर्मी भट्टराईले बताए । घर भत्किएपछि आवासविहीन बनेर अरुको घरमा बस्दै आएका खत्री दम्पती स्थानीय बासिन्दाले बनाइदिएका नयाँ घरमा हिन्दू परम्पराअनुसार भित्रिएका छन् । 

स्थानीय बासिन्दाले वर्षा याममा पहिरोले बस्नै नमिल्ने अवस्थामा पुगेको खत्री दम्पतीको घरको सट्टा भूकम्प पुनःनिर्माण प्राधिकरणको शैलीमा नयाँ घर निर्माण गरिदिएका छन् । १ मात्र छोरीले विवाह गरेपछि घरमा वृद्ध दम्पती मात्र बसिरहेका छन् ।

खत्री दम्पतीको दयनीय अवस्था देखेर आफन्तले घर पुनःनिर्माणका लागि स्वदेश तथा विदेशमा सहयोग अभियान सञ्चालन गरेका थिए । पहिरो पीडित दम्पतीको घर पुनःनिर्माणका लागि साकेला गाउँपालिकाले पनि १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झंकार’ले बताए ।

अभियानमा हाल यूकेमा रहनुभएकी समाजसेवी ईशा गुरुङले तीज मनाउने खर्च कटाएर वृद्धवृद्धाको घर बनाउन २० हजार रुपैयाँ, दाहाल बन्धुले सञ्चालन गरेको अभियानबाट २० हजार रुपैयाँ, संयुक्त आवाज परिवर्तन समाज नेपालले १७ हजार १५५, दाहाल प्रतिष्ठान शाखा खोटाङले १० हजार र दाहाल प्रतिष्ठान प्रारम्भिक समिति निर्मलीडाँडाले ८ हजार रुपैयाँ सहयोग गरेको थियो ।

स्थानीय बासिन्दाले चन्दा संकलन गरेर नयाँ घर निर्माण गरिदिएपछि खत्री दम्पती हर्षित बनेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x