कात्तिक २४, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।
पोखरा–१८ भकुण्डेमा अवस्थित सो उद्योगबाट २०७६ साल असोज महिनामा उत्पादित पानीको नमुना लिई प्रयोगशालामा परीक्षण गर्दा कोलीफर्म भेटिएको जानकारी दिँदै कार्यालय प्रमुख शिवजी बरालले शुक्रबार अदालतमा मुद्दा दायर गरिएको बताए ।
लामो प्रक्रिया एवं परीक्षणका लागि लुम्बिनी प्रदेशको भैरहवामा पठाउनु पर्ने बाध्यता रहेको बताउँदै उहाँले छिटोछरितो परीक्षण गरी जनस्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्न गण्डकी प्रदेशमा प्रयोगशाला स्थापना गरी सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
भैरहवामा समेत जनशक्तिको अभावका कारण रिपोर्ट आउन ढिलो हुने गरेको स्पष्ट पार्दै प्रमुख बरालले खाद्य ऐनअनुसार प्रति १०० एमएलमा कोलिफर्मको मात्रा शून्य हुनुपर्दछ । उक्त प्रशोधित पिउने पानीमा कोलिफर्मको उपस्थिति पाइएकाले मुद्दा दायर गरिएको हो ।
खाद्य ऐन, २०२३ को दफा (३) उल्लङ्घन गरी दूषित प्रशोधित पिउने पानी उत्पादन गरी विक्री वितरण गरेकोले उक्त उद्योग विरुद्ध खाद्य ऐन, २०२३ दफा ५(१) बमोजिम कार्वाहीको माग गरिएको छ । उक्त ऐनअनुसार रु ५० हजार जरिवानासहित पाँच वर्ष कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । यसअघि कार्यालयले पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा नुडल्स प्रालिद्वारा उत्पादित चाउचाउ न्यून गुणस्तरीय देखिएकोले मुद्दा दायर गरेको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...