‘जिन्दाबाद’को घोषणा, निश्चलले निर्माण गर्ने

निर्देशक निश्चल बस्नेतले आफ्नो जन्मदिनको अवसरमा ‘जिन्दाबाद’ निर्माण गर्ने घोषणा गरेका छन् । जन्मदिन मनाउन पालुङ पुगेका उनले त्यसै क्रममा उक्त चलचित्र घोषणा गरेका हुन् ।
निश्चलले सामाजिक संजालबाट जन्मदिनको सेलिब्रेसनबारे जानकारी दिंदै नयाँ चलचित्रको घोषणा गरेका हुन् ।

तर, अहिलेसम्म यो चलचित्र कस्तो बिषयवस्तुमा केन्द्रित रहन्छ भन्ने खुलाइएको छैन ।


Advertisement

जन्मदिनको अवसरमा उनकी श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्का पनि उपस्थित थिइन् ।

निश्चलले यो चलचित्र बनाउने चर्चा लामै समयदेखि चलेको भएपनि अहिलेसम्म यसको घोषणा भएको थिएन । चलचित्रलाई बुद्धि सागरले लेखिरहेका छन् ।
३ वटा चलचित्र निर्देशन गरेका निश्चलले लुट २ पछि कुनै चलचित्रको निर्देशन गरेका थिएनन् । उनी अभिनित चलचित्र ‘घामड शेरे’ खासै चलेन । त्यसपछि उनी चलचित्र निर्देशन र अभिनयमा केहि बढि सोच मग्न भएका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्