×

NMB BANK
NIC ASIA

छैन शौचालय र प्राङ्गणः कक्षाकोठाको समस्या उस्तै

माघ ५, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

जिल्ला सदरमुकाम बागलुङ बजारका अधिकांश विद्यालय भौतिक पूर्वाधारका हिसाबले सुविधा सम्पन्न छन् ।

Muktinath Bank

सदरमुकामका सरकारी विद्यालयमा ठूलाठूला पक्की भवन, खेलकूद मैदानलगायतका पूर्वाधार निर्मित छन् ।  यही सदरमुकामभित्रकै एक पुरानो सामुदायिक विद्यालय भने बत्ती मुनीको अध्यारो जस्तै भएको छ । गाउँगाउँका सरकारी विद्यालयसमेत सुविधा सम्पन्न भइरहेको अवस्थामा जिल्ला सदरमुकामको पुरानो उपल्लाचौर आधारभूत विद्यालयले पूर्वाधारको चरम अभाव खेप्दै आएको छ ।  विद्यालयका लागि जग्गा अभाव भएका कारण आवश्यक भौतिक संरचना निर्माण गर्न समेत कठिन भएको विद्यालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०१९ मा स्थापना भएको विद्यालयमा अहिले जम्मा चार कोठाको मात्रै विद्यालय भवन छ । पुरानो जीर्ण विद्यालय भवन भूकम्पले क्षति पु¥याए पनि पुनःनिर्माणका लागि जग्गा अभाव भएका कारण तत्कालै पुनःनिर्माण गर्न नसकिएको विद्यालयका प्रधानध्यापक शान्ति सापकोटाले बताए । विद्यालयको क्षेत्रफल जम्मा एक रोपनी ७ आना मात्रै भएका कारण आवश्यक भौतिक संरचना निर्माण गर्न समेत नसकिएको सापकोटाको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

“अहिले विद्यालय प्राङ्गण, पुरानो भवन र शौचालय समेटेर दुई कोठे पक्की भवन निर्माण थालिएको छ” प्रधानध्यापक सापकोटाले भने“यति सानो जग्गामा दुई वटा पक्की भवन बन्ने भएपछि विद्यालय प्राङ्गणको अभाव हुने भएको छ ।” अहिले दुई कोठे भवन निर्माणका लागि विद्यालयमा भएको शौचालय भत्काइएको छ, विद्यालयको जग्गामा शौचालय समेत छैन ।

Vianet communication
Laxmi Bank

     विद्यालय नजिकै अर्काको जग्गामा टिनले बारेर अस्थायी शौचालय निर्माण गरिएको छ । विद्यालय भवन निर्माण भइरहँदा विद्यार्थीलाई शौचालय जानै समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद हुसेनले जानकारी दिए । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा पर्ने उक्त विद्यालयका लागि आवश्यक जग्गा प्राप्तिका लागि निकै पहल गरे पनि नसकिएको हुसेनको गुनासो छ । 

“विद्यालय अन्यत्र लैजाने कुरा भएन, सदरमुकामको जग्गा खरिद गर्न निकै महङ्गो छ, मौजुदा जग्गामा भवन निर्माण गर्दा शौचालय भत्काइएको छ, खेलकूद मैदान छैन” अध्यक्ष हुसेनले भन्नुभयो, “विद्यालयमा अब सानो टुक्रा मात्रै जमिन बाँकी रहेको छ । उक्त जग्गामा शौचालय निर्माण गर्ने योजना छ ।”

अहिले चार कोठालाई ८ कोठामा विभाजन गरी कक्षा सञ्चालन गरिएको छ । प्लाइको बार लगाएर कक्षा सञ्चालन गर्दा विद्यार्थीलाई अध्ययन र शिक्षकलाई अध्यापन गर्न समेत सकस भइरहेको गुनासो छ । विद्यालयमा खानेपानीकोसमेत समस्या छ । विद्यालयमा कार्यालय तथा पुस्तकालय मुस्किलले साँघुरो कोठाबाट सञ्चालन गरिएको छ । १२० जना विद्यार्थी रहेको विद्यालयमा अधिकांश विद्यार्थी अति विपन्न, मजदूरका छोराछोरी तथा मुस्लिम समुदायका विद्यार्थी अध्ययनरत छन् । विद्यालयलाई जग्गा आवश्यक भए पनि धेरै पटक प्रयास गर्दा समेत जग्गा प्राप्ति गर्न नसकेको वडाध्यक्ष ध्रुवबहादुर केसीले बताए । 

अहिले उक्त विद्यालयमा दुई कोठे पक्की भवन निर्माण गर्न थालिएको छ । यो भवन निर्माण पश्चात अध्यापनमा केही सहज हुने अपेक्षा गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाईको रु २३ लाख ९० हजार तथा बागलुङ नगरपालिकाको रु ८ लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताए ।

पुनःनिर्माण प्राधिकरणले चार कोठे विद्यालय भवन बनाउन प्रयास गरे पनि जग्गा नहुँदा दुई कोठे  भवन बनाउन थालेको हो । जिल्ला सदरमुकामभित्र स्थापित भए पनि उपेक्षामा परेको विद्यालयमा विद्यालय भवन निर्माणसँगै नगरपालिकाले शौचालय निर्माण गरिदिने नगर प्रमुख पौडेलले प्रतिबद्धता व्यक्त गरे । खेमराज गौतम,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x