×

NMB BANK
NIC ASIA

वैज्ञानिक सिमाङ्कन नहुँदा पूर्वी सीमा मिचिँदै

माघ ५, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा बलले नेपालतर्फको भूभागमा पसेर सीमा मिच्ने गरेको छ । कहिले सीमावारी भौतिक संरचना बनाउँछ त कहिले जङ्गे पिलर नै कब्जाको प्रयास गर्छ । 

Muktinath Bank

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै यो समस्या रहने गरेको छ । तराईमा भन्दा पहाडी क्षेत्रमा सीमा सुरक्षामा चुनौती रहेको त्यस क्षेत्रका बासिन्दाको भनाइ छ । भर्खरै पनि भारतसँग सीमा जोडिएको जिल्लाको सूर्योदय नगरपालिका– २ हिलेमा भारतीय सीमासुरक्षा बलले नेपालतर्फका भूभाग कब्जा गर्न खोजेपछि यस्तै झमेला भयो । स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत शनिबार पुशपतिनगरस्थित हिले क्षेत्रमा रातारात भारतीय सीमासुरक्षा बल एसएसबीले एकतर्फीरुपमा नेपालतर्फको सीमामा बारबेरा लगाएको सीमा क्षेत्रमा बस्ने नेपालीहरुको भनाइ छ । भारतीय पक्षले नेपालतर्फको भूभाग कब्जा गर्न खोजेपछि एकजुट भएका नेपालीले यसको खुलेरै नेपालको रक्षा गर्नुपर्‍यो । 


Advertisment
Nabil box
Kumari

स्थानीयवासीको तीव्र विरोधपछि एसएसबीले आइन्दा सीमा क्षेत्रमा यस्ता क्रियाकलाप नगर्ने भन्दै पछाडि हट्नुपर्‍यो । वैज्ञानिक सिमाङ्कन नहुँदा पूर्वी सीमाको इलाम खण्डअन्तर्गत ५२ किलोमिटर क्षेत्रमा वर्षेनी यस्तै समस्या बल्झिरहने गरेको छ । यो समस्या वर्षमा एक दुइपटक जस्तै दोहोरिने गरेको स्थानीयवासी फुर्वा शेर्पाको भनाइ छ । 

Vianet communication
Laxmi Bank

देशकै पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको दृश्यावलोकन स्तम्भ निर्माणमा पनि एसएसबीले रोक लगायो । त्यो स्तम्भ बन्दै गरेको जग्गा नेपालकै भए पनि एसएसबीले आफ्नो भन्दै रोक लगाउने गरेको छ । सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ ।

विसं २०६४ को संविधानसभा निर्वाचनताका भारतले सुरक्षाका लागि भन्दै तीन÷तीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को बिओपी राखेको थियो । भारतले कतिपय स्थानमा दशगजाभित्रै पनि एसएसबी क्याम्प राखेको छ । इलाममा नेपाल–भारत सिमानामा पर्ने ठाउँमा एसएसबीले दशगजाभित्रै पाल टाँगेको बताइएको छ । उनीहरु हतियार लिएर नै बस्ने गरेको समेत बताइन्छ । भारतले बारम्बार सीमा मिचेर संरचना बनाइरहन्छ तर नेपाली भूभागमा संरचना बनाउँदा पनि पटकपटक रोक लगाउने र दुःख दिइरहने गरेको स्थानीयवासीको भनाइ छ ।

मानेभञ्ज्याङमा नेपाल र भारततर्फ दशगजा क्षेत्रमा घर बनेका छन् । पशुपतिनगरको फाटकमा भारतीय तर्फबाट दशगजा क्षेत्रमा गुम्बा बनाइएको छ । गुम्बा बन्न थालेपछि नेपालतर्पmबाट पटकपटक पहल गरिएको भनिए पनि संरचना बनाएरै छाड्यो । केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दशगजाभित्रै देखिए पनि संरचना बनाउन रोकिएको छैन ।

इलामसँगै पूर्वको झापा गौरीगञ्जदेखि इलामको रोङ सीमावर्ती पाटापुरसम्मको १४४ किलोमिटर र इलामको सन्दकपुरदेखि पाँचथर हुँदै ताप्लेजुङको कञ्चनजङ्घा हिमालसम्मको सीमा क्षेत्रमा जहिल्यै समस्या आउने गरेको छ । सीमा गासिएकै कारण भारतीय सुरक्षा बल एसएसबीको दबदबामा सबैभन्दा धेरै सन्दकपुर गाउँपालिकासहित सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका छन् । यी स्थानीय तहमा सीमावर्ती क्षेत्रमा नेपाल सरकारमार्फत तोकिएका पूर्वाधार र विकास निर्माणका काम अघि बढ्न सकिरहेका छैनन् । निर्माणाधीन अवस्थामा रहेका कतिपय पूर्वाधार अहिलेसम्म पनि अधुरै देखिएका छन् ।  

विसं २०५८ मा पशुपतिनगरको हिले क्षेत्रमा नै भारतीय पक्षले रातारात नेपालीका सात घरलाई समेत आफ्नोमा पार्ने गरी पिल्लर सारेको सीमा क्षेत्रका स्थानीयवासी स्मरण गर्छन् । आफूले भोगेका समस्या खुलेर कुरा गर्नसमेत समस्या भएको सीमाका बासिन्दाको भनाइ छ । विसं २०६५ मा सूयोदय नगरपालिकाको श्रीअन्तुको गुफापातल क्षेत्रमा क्याम्पको क्षेत्र एकीन गर्ने भन्दै नेपाली भूमिमा भारतीय पक्षले बारबेरा शुरु गरेको थियो । त्यहाँ पनि नेपालीको तीव्र विरोधका कारण भारतीय पक्ष पछि सर्नु परेको थियो । 

सीमा क्षेत्रको सुरक्षाका लागि नेपाल सरकारले सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट राख्नेक्रम निरन्तर छ । इलाममा मात्र यस वर्ष पाँच बिओपी स्थापना भए । जिल्लाका सीमा क्षेत्रमा पर्ने सात स्थानमा सशस्त्र प्रहरीका बिओपी स्थापना भइसकेका छन् । सशस्त्र प्रहरीले मात्र सीमाको रक्षा गर्न कठिन भएको बताइएको छ । अझै केही अन्य स्थानमा पुनः बिओपी थप गर्ने लक्ष्य लिइएको छ । 

पहिला गाडिएका सीमास्तम्भ कतिपय भारतीय पक्षले गायब गरिसकेको छ भने कतिपय आधा खनेर छोडिएको छ । सीमावर्ती क्षेत्र इलाममा मात्र ३७ सीमास्तम्भ छैनन् । यो क्षेत्रमा मुख्य (जङ्गे) पिलर १७ हुनुपर्नेमा १६, सहायक पिलर ८३ हुनुपर्नेमा ७२ रहेको बताइएको छ । सानो पिलर ४६ हुनुपर्नेमा २१ मात्र भएको बताइएको छ । सीमा पिलर नै कतिपय ठाउँमा गायब भएका कारण पनि सीमामा समस्या बल्झिने गरेको छ । 

भारतीय पक्षबाट गुगल म्याप लिएर सिमाङ्कनका लागि अघि बढ्दा समस्या थपिने गरेको छ । यसबारेमा दिगो समस्या समाधानको उपाय खोज्नुपर्ने सूर्योदयका नगर प्रमुख रणबहादुर राईले बताए । सीमा क्षेत्रमा खट्ने सशस्त्र प्रहरीका अधिकृतले भने पूर्वमा त्यति धेरै समस्या नभएको बताउने गरेका छन् । टीका खतिवडा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x