×

NMB BANK
NIC ASIA

प्रयोगशाला स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षर

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वाग्मती प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कृषि, वन विश्वविद्यालय रामपुर चितवनबीच ‘बायो सेफ्टी लेबल बिएसएल टु प्लस’ प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा आज हस्ताक्षर सम्पन्न भएको छ ।

Muktinath Bank

मन्त्रालयका तर्फबाट सचिव मतिना वैद्य र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार शारदा थपलियाबीच उक्त प्रयोगशाला स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे । सो समारोहलाई कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले कृषि उत्पादन र पशुपालन गर्ने कृषकलाई प्रोत्साहन गर्न मन्त्रालयले कृषि, वन विश्वविद्यालयलाई प्रयोगशाला स्थापना गर्न बजेट विनियोजित गरिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कृषिका साथै वनलाई अत्याधुनिक प्रविधिबाट व्यवस्थापन गर्न र उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई पशु रोगको निवारणका लागि अनुसन्धानात्मक प्रयोगशाला सबै प्रदेशमा स्थापना गर्नेतर्फ सङ्घीय सरकार र प्रदेश सरकारको समन्वयात्मक सहयोग आवश्यक रहेकामा जोड दिए ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयका सचिव वैद्यले प्रदेश सरकारले आगामी दुई वर्षभित्र प्रयोगशाला निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ डिपिआर तयार गरिसकेको र अब छिट्टै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको बताए ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा पुण्यप्रसाद रेग्मीले विश्वविद्यालयले विद्यार्थीलाई उच्च शिक्षाको अध्ययनका क्रममा पशुपक्षीलाई लाग्ने विभिन्न सरुवा रोगको अनुसन्धान गर्न सहज हुने बताए । आधुनिक प्रविधिको प्रयोगशाला आवश्यक रहेको उल्लेख गर्नुहुँदै उनले काठमाडौँपछि दोस्रो चितवनमा स्थापना हुन लागेकामा खुशी व्यक्त गरे ।

उनले यस्तै प्रकारको प्रयोगशाला र विश्वविद्यालय सातै प्रदेशमा स्थापना गर्न सङ्घीय सरकार र त्रिभुवन विश्वविद्यालयसँग विचारविमर्श भइरहेको तथा भविष्यमा स्थापन गर्नेतर्फ गृहकार्य भइरहेको जानकारी दिए ।

विश्वविद्यालयका रजिष्ट्रार डा शारदा थपलियाले मानवीय सेवाका साथै जडीबुटी, कृषि उत्पादन र पशुपक्षीलाई लाग्ने रोगको उपचारका क्रममा विद्यार्थीलाई दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकार र विश्वविद्यालयबीच सहकार्य अत्यन्तै आवश्यक रहेको बताए ।

उक्त प्रयोगशालाको डिपिआर तयार हुँदा करीब रु १६ करोडको लागत देखिएको भए पनि मन्त्रालयले चालू आर्थिक वर्षभित्रै रु तीन करोड बजेट विनियोजित गरी हस्तान्तरण गर्ने तयारीमा रहेको र आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्न तथा आवश्यक थप बजेटको व्यवस्थापन मिलाइने मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x