ओलीको राजीनामा प्रचण्डले होइन पहिला वामदेवले मागेका हुन् : माधव नेपाल

नेकपा (प्रचण्ड नेपाल) समूहका अध्यक्ष माधव कुमार नेपालले उपाध्यक्ष वामदेव गौतमले नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको दावी गरेका छन् । 

आफु पक्षीय अखिल नेपाल महिला संघको भेलालाई सोमवार काठमाडौंमा सम्वोधन गर्दै नेता नेपालले प्रचण्डले नभइ गौतमले राजीनामा माग गरेको बताएका हुन् । 


Advertisement

‘केपीको पहिलो राजीनामा माग गर्ने व्यक्ति वामदेव हो, प्रचण्ड होइन । मेरो सामुन्नेमा केपी ओलीलाई भन्नुभयो– नवौं महाधिवेशन देखि साथ दिएर मैले भयंकर गल्ती गरे, तपाईमा कम्युनिष्टमा हुनुपर्ने गुण छैन । प्रधानमन्त्रीमा पनि अयोग्य र पार्टी अध्यक्षमा पनि नालायक हो । दुवै पदबाट राजीनामा गर्नुस्’ नेता नेपालले भने । 

२०७७ साल वैशाख १७ गते अवको प्रधानमन्त्री वामदेव भनेर ओलीले घोषणा गरेको नेपालले स्मरण गरे । ‘प्रधानमन्त्री बनाउने भनेपछि वामदेवजी दंग हुनुभयो, तीन चार दिन पछि अर्को चुनावपछि पो भनेको हो भनेर ओलीले भन्नुभएछ,’ नेता नेपालले भने ।


Advertisement

नेता नेपालले प्रधानमन्त्री ओलीको नियत वैशाखमा चुनाव गर्ने नरहेको जिकिर गरे । ‘पाँच वर्ष बस्नका लागि संकटकाल लगाएर भएपनि सरकार टिकाउँछन् । कलंकको टीका लगाउनु भएको छ, इतिहासले दण्ड दिनेछ’ नेता नेपालले भने । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्