पछिल्लो २४ घन्टामा थप ३ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमवार थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै हालसम्म मुलुकभर २ लाख ६७ हजार ६ सय ४४ जनामा कोरोना संक्रमण भएको छ ।
सोमवार ३ सय ७४ जना भाइरस मुक्त भएका छन् । यससँगै २ लाख ६१ हजार ८ सय १८ जनाले कोरोना भाइरस जितेका छन् ।
पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ ।
मन्त्रालयका अनुसार, हालसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ६१ रहेको छ ।
लोकान्तर संवाददाता