कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
माघ ५, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरिएन्ट वा प्रजाति पत्ता लगाउन बेलायतबाट फर्किएकामध्ये ६ जनाको नमूनाको जिनोम सिक्वेन्स गर्न हङकङ पठाएकोमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको जनाएको छ ।
बेलायत तथा अन्य देशबाट आएका सबै व्यक्तिलाई विधिपूर्वक क्वारेन्टीनमा राखेर समुदायसँग आइसोलेट गर्ने काम भएको छैन । त्यसैले यो भाइरस नेपालमा कति जनामा सरेको छ भनेर भन्न सकिने अवस्था छैन ।
छिमेकी देश भारतमा पनि नयाँ प्रजातिको भाइरस सयौं जनामा देखिएको छ । तसर्थ सरकारले हवाइ तथा सीमा नाकामा कडाइ नगर्ने हो भने महामारी दोहोरिन सक्ने अवस्था आउन सक्छ ।
कस्तो छ त नयाँ प्रजातिको कोरोना भाइरस ?
भाइरसको अनुवंशमा परिवर्तन भयो भने त्यसलाई म्युटेसन भएको भनिन्छ । आरएनए भाइरसको चरित्र नै बिस्तारै परिवर्तन एवं नयाँपन हुँदै जाने हो । भौगोलिक अवस्था तथा प्राणीको फरकपन अनुसार पनि भाइरसको म्युटेसन हुन्छ । म्युटेसन हुँदा भाइरस कमजोर बन्न पनि सक्छ भने थप शक्तिशाली पनि बन्न सक्छ ।
नोबेल कोरोना भाइरस चीन, डेनमार्क, नेदरल्याण्ड, बेलायत तथा अन्य युरोपियन देशमा पटकपटक म्युटेसन भएको छ भने पछिल्लो अवस्थामा दक्षिण अफ्रिका र नाइजेरियामा अर्को प्रजाति फैलिन शुरू गरेको छ । दक्षिण अफ्रिकामा फैलिएको प्रजातिलाई निकै कडा र खोपले पनि काम गर्ने / नगर्ने थाहा नभएको भनेर भन्नुमा विज्ञानभन्दा राजनीति हावी भएको यदाकदा सुनिन थालेको छ ।
– यो नयाँ प्रजातिको भाइरसलाई SARS-CoV-2 VUI 202012/01 नामकरण गरिएको छ । बेलायतका जनस्वास्थ्य अधिकारीले पुरानो भाइरस १.१ संक्रामक थियो भने यो १.५ संक्रामक छ भनेका छन् । विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक डा. माइक राइनले बेलायतको उग्र फैलावटमा नयाँ प्रजातिको भाइरस र मान्छेका गतिविधि जिम्मेवार रहेको बताएका छन् । यसको अर्थ जनस्वास्थ्यका मापदण्डको पालना कमजोर भएका देशहरूले नयाँ प्रजातिको महामारी सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।
– भाइरसको म्युटेसन निरन्तर हुने गर्दछ । यदि म्युटेसन हुँदै जाँदा निकै घातक प्रजातिको भाइरस देखियो अर्थात मृत्युदर उच्च रह्यो भने उक्त भाइरस कम फैलिन्छ । यो अवस्थामा संक्रमित व्यक्तिको मृत्यु हुने हुँदा उसले अन्य व्यक्तिलाई रोग सार्न सक्दैन । तसर्थ यो प्रजातिको मृत्युदर कम अर्थात संक्रमण दर उच्च छ ।
– नयाँ प्रजातिको भाइरस बालबालिका तथा युवालाई पनि बढी असर गर्ने प्रकृतिको भएको बताइएको छ ।
– अनुसन्धानकर्ताले यो नयाँ प्रजाति के कति स्टिकी छ अर्थात नाक, मुख र आँखामा रहेको आद्रतामा टाँसिन सक्छ भनेर अनुसन्धान गरिरहेका छन् । प्रारम्भिक अध्ययनले यसको स्पाइक प्रोटिनमा परिवर्तन भएको कारण बढी स्टिकी हुनसक्ने जनाइएको छ ।
– भाइरसको आनुवंशिक परिवर्तनसँगै उसको ब्यबहारमा पनि परिवर्तन आउँछ । त्यसैले हामीले भाइरसको बारे नयाँ दृष्टिकोण बनाउनु जरुरी छ । भाइरसमा उत्परिवर्तन भइरहने भएकोले हामीले पनि आफ्नो जीवनशैलीमा परिवर्तन गर्नु जरुरी छ । जब भाइरस नयाँ रणनीतिसँग आउँछ, हामीले पनि भाइरसबाट बच्न थप रणनीति अपनाउनु जरुरी छ ।
– बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति ५० भन्दा बढी मुलुकमा फैलिएको, यो भाइरस पुरानो प्रजातिभन्दा ५६ – ७० प्रतिशत बढी फैलिने अर्थात संक्रामक भएको, पुरानो भाइरसको संक्रमण भएका व्यक्तिमा पनि सर्न सक्ने तथा खोपले काम गर्ने / नगर्नेबारे थप अनुसन्धान गर्नुपर्ने वैज्ञानिकले बताएका छन् । यो प्रजाति शीघ्र फैलिने भएकाले समाजमा व्यापक संक्रमण हुने, अस्पतालको क्षमताले धान्न गाह्रो हुने तथा जोखिम वर्गका व्यक्तिलाई थप जोखिम हुने सम्भावना बढेको छ । साथै दक्षिण अफ्रिकामा म्युटेसन भएको प्रजाति अझ शक्तिशाली भएको र उक्त प्रजाति विश्वका विभिन्न देशमा फैलिएको अफ्रिका सीडीसीले जनाएको छ ।
– नयाँ प्रजातिको कोरोना भाइरस छिटो सर्ने तथा धेरैलाई सर्ने प्रकृतिको भएपनि यसको मृत्युदर अर्थात् घातक प्रभाव पहिलेको भाइरसको जस्तो बताइएको छ । तर हाल यो भाइरस फैलिएपछि बेलायत, दक्षिण अफ्रिका, युरोपियन देशहरुमा अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या बढिरहेको छ । युरोपका अधिकांश देशमा लकडाउन तथा कर्फ्यु लगाइएको छ ।
– बेलायतमा अहिले नयाँ प्रजातिको घातक कति छ ? फेरि संक्रमण हुने अवस्था कस्तो छ ? संक्रमितलाई गम्भीर बनाउने तथा मृत्यु गराउने प्रतिशत कति छ तथा खोप तथा संक्रमणबाट विकास भएको एन्टीबडीले काम गर्छ कि गर्दैन ? भन्ने विषयमा अनुसन्धान चलिरहेको छ ।
– विश्व स्वास्थ्य संगठनले यो प्रजातिको जैविक अध्ययन गरिरहेको छ । म्युटेसन हुँदा भाइरसको स्पाइक प्रोटिनमा परिवर्तन भएको र उक्त परिवर्तनको कारण भाइरस मानव कोषमा छिटो संक्रमण हुने अध्ययनले देखाएका छन् ।
– फाइजर तथा बायोंटेक खोप उत्पादक कम्पनीले यो प्रजातिमा पनि खोपले काम गर्ने बताएका छन् । तर पनि निश्चित गर्नका लागि थप अध्ययन गर्नुपर्ने बताएका छन् ।
महामारी हाम्रै बानी बेहोरामा
महामारी फैलिनका लागि भाइरसको संक्रामक दर र मान्छेको बानी बेहोरा दुवै उत्तिकै जिम्मेवार हुन्छन् । संक्रामक दर उच्च भएको नयाँ प्रजाति देखा परेको अवस्थामा हामीले आफ्ना बानी बेहोरा, जीवनशैली तथा सोचमा परिवर्तन गर्नु जरुरी छ । अन्यथा संक्रमण सर्न सक्ने र उक्त संक्रमणले कसलाई के हुन्छ भन्ने कुरा अनिश्चित भएकाले रोकथामका उपायमा सरकार र नागरिक अत्यन्तै जिम्मेवार हुनु अपरिहार्य छ ।
नयाँ प्रजातिको भाइरसबाट बच्नका लागि मास्कको सही तरिकाले अनिवार्य रूपमा प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, पर्याप्त भेन्टिलेसन भएको ठाउँमा मात्र बैठक गर्ने, भोजभतेर तथा प्रदर्शन नगर्ने, हात नियमित रूपमा धुने वा स्यानिटाइज गर्ने तथा गतिविधिलाई नियन्त्रित रूपमा अघि बढाउने गर्नु जरुरी छ ।
आत्तिनु जरुरी छैन
नयाँ प्रजातिको कोरोना भाइरस धेरै संक्रामक भएपनि घातक प्रभाव पुरानो प्रजातिको जस्तै छ । कारण, लक्षण, उपचार तथा रोकथाम समान भएकाले हामीले आत्तिनु पर्दैन । हामीले यो तथ्य बिर्सिनुहुँदैन कि हामीहरू अहिले पहिलो वेभमा छौं र अर्को वेभ हाम्रै कारणले आउन वा नआउन सक्छ । हाल देखिएको जनस्वास्थ्यका मापदण्डप्रतिको लापरवाही हामी सबैले सच्याउनु अपरिहार्य छ ।
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...