पर्यटन बोर्डको रिक्त सदस्य सिफारिसका लागि समिति गठन

नेपाल पर्यटन बोर्डको रिक्त सदस्य सिफारिसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । 

प्रशासन महाशाखाका प्रमुख तारानाथ अधिकारीकाे संयोजकत्वमा मन्त्रालयले सोमवार तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । 


Advertisement

सदस्यहरूमा बोर्डका पूर्व सदस्यद्धय पूर्णबहादुर कुँवर र राजेन्द्र सापकोटा सदस्य रहेको मन्त्रालयले जनाएको छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्