×

NMB BANK
NIC ASIA

इजलासमा न्यायधिसले अधिवक्तालाई समय आफैँ म्यानेज गर्नुहोला भनेपछि...

माघ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनको सुनुवाइ लम्बिने देखिएपछि संवैधानिक इजलासले समय व्यवस्थापनका लागि कानुन व्यवसायीहरूसँग आग्रह गरेको छ । दुई दिनसम्म निवेदक पक्षका छ जना मात्र कानुन व्यवसायीले बहस सकेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

तीन सयभन्दा बढी कानुन व्यवसायीले निवेदकका पक्षबाट वकालतनामा हालेको भन्दै इजलासले समय व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ । बहस सकिँदासम्म मुद्दाको औचित्य नसकियोस् भन्दै इजलासले यस्तो आग्रह गरेको हो । सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवेदनमा आइतबारदेखि संवैधानिक इजलासमा बहस सुरु भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमबार अधिवक्ता दिनमणि पोखरेलले निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गरे । पोखरेलले वर्तमान अवस्थामा प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको जिकिर गरे । प्रतिनिधि सभाले असहयोग नगरेको अवस्थामा प्रधानमन्त्रीले कुनै प्रस्ताव वा विकल्पबिना नै विघटन गरेको जिकिर पोखरेलको छ ।


Advertisment
Nabil box
Kumari

उनले प्रतिनिधि सभाले प्रधानमन्त्रीको कुन बिजनेस तथा प्रस्तावमा असहयोग गरेको भन्दै प्रश्नसमेत गरे । संविधानले स्थिर सरकारको परिकल्पना गर्दै प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउनसमेत बन्देज गरेको बताउनुभयो । बहसमा उनले भने , “फैसला गर्दा प्रधानमन्त्रीको अधिकार मात्र बढाउने र संसद्को अधिकार सङ्कुचन गर्ने अवस्था हुनुहुन्न । अदालतले अब फैसलामार्फत प्रधानमन्त्रीलाई विघटनको अधिकार पनि कायम गर्ने हो भने संसद्को अधिकार सङ्कुचन हुन्छ ।”

Vianet communication
Laxmi Bank

उनले संविधान सभाका तत्कालीन अध्यक्ष सुवासचन्द्र नेम्वाङले भिडियोमा अभिव्यक्त गरेका धारणा र सङ्घीय संसद् सचिवालयले प्रकाशन गरेको स्मारिकामा दिएको अन्तर्वार्ताबारे पनि इजलासको ध्यानाकर्षण गराए । संविधान बनाउँदाको ‘स्पिरिट’लाई तत्कालीन अध्यक्ष नेम्वाङले अभिव्यक्त गरेको हुँदा मौकामा बोलेका कुरासरह प्रमाणका रूपमा विश्लेषण गर्न मिल्ने जिकिर पनि पोखरेलले गरे ।

संविधानले संसद्प्रति उत्तरदायी नहुने प्रधानमन्त्रीको परिकल्पना नगरेको उहाँको भनाइ छ । बहसका क्रममा अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधि सभा विघटन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियासम्मत नभएको जिकिर गरे । इजलासले संविधानको व्याख्या गर्दा ‘आउटकम’ पनि हेर्नुपर्नेमा जोड दिनुभयो । उनले जनताको अधिकार संरक्षित गर्न विघटन बदर हुनुपर्ने धारणा राख्नुभयो । यसअघि आइतबार अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनीलकुमार पोखरेल, सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस गर्नुभएको थियो । हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाइ मङ्गलबार पनि निरन्तर रहने छ ।

‘समय ख्याल गरौँ’सोमबार दोस्रो दिनको खाजा समयपछि पनि अधिवक्ता दिनमणि पोखरेलले लामो बहसलाई निरन्तरता दिएपछि इजलासले समय ख्याल गर्न ध्यानाकर्षण नै गराएको छ । न्यायाधीश अनिलकुमार सिन्हाले बहसलाई सङ्क्षिप्त गर्न पोखरेलको ध्यानाकर्षण नै गराएका हुन्। सिन्हाले ध्यानाकर्षण गराउँदै भने , “साढे तीन सयजति वकालतनामा होलान् । यस्तो अवस्था नआओस् कि जनता निर्वाचनका लागि तयार भइसकेकाले केही गर्नु परेन भन्नु नपरोस् । हामी तपाईंहरूलाई रोक्दैनौँ तर समय आफैँ म्यानेज गर्नुहोला ।” गोरखापत्र दैनिकमा नारायण काफ्लेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x