×

NMB BANK
NIC ASIA

माघ ११ देखि दुई दिनमै सेयर राफसाफ

माघ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 आउँदो आइतबार (माघ ११ देखि) सेयर कारोबारको राफसाफ तथा फर्छ्योट दुई दिनभित्रै गर्नुपर्ने भएको छ । यसअघि धितोपत्र बोर्डले दिएको निर्देशन कार्यान्वयनमा ल्याउने क्रममा सीडीएस एन्ड क्लियरिङले उक्त सूचना जारी गरेको हो ।

Muktinath Bank

अब कारोबार सकिएको दुई दिनभित्र विक्रेताले सेयर र क्रेताले रकम राफसाफ तथा फर्छ्योट गरिसक्नुपर्नेछ । हाल कारोबार भएको तीन दिनभित्र ‘टी प्लस थ्री’ मा राफसाफ तथा फर्छ्योट गर्नुपर्ने व्यवस्था छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यही माघ ११ देखि कारोबारको राफसाफ तथा फर्छ्योट यसै संशोधित विनियमावलीअनुसार कारोबार भएको दिनबाहेक दुई कार्य दिन (टी प्लस टु) मा हुने व्यवस्था गरिएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । संशोधित विनियमावलीअनुसार राफसाफ तथा फछर्योट गर्न सीडीएस एन्ड क्लियरिङले लगानीकर्ता तथा धितोपत्र ब्रोकरहरूलाई आग्रह गरेको छ ।


Advertisment
Nabil box
Kumari

नयाँ व्यवस्थाअनुसार धितोपत्रको बिक्री कारोबार गर्ने लगानीकर्ताले आफूले बेचेको धितोपत्रको राफसाफ तथा फर्छ्योटका लागि ईडीआईएस जारी गर्दा कारोबार भएको मितिको भोलिपल्टभित्र जारी गरिसक्नुपर्नेछ । ईडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले कारोबार भएको मितिको भोलिपल्ट (टी प्लस वान) भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकामा बुझाउनुपर्नेछ ।

Vianet communication
Laxmi Bank

धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्रबापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई अर्थात् कारोबार भएको मितिको भोलिपल्टै बुझाउन पनि आग्रह गरिएको छ । धितोपत्रको बिक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री कारोबारको पुँजीगत लाभकर गणनाका लागि आवश्यक विवरण बिक्रीकर्ता लगानीकर्ताबाट प्राप्त गरी ‘टी प्लस टु’ को बिहान ११ बजेभित्र राफसाफ तथा फर्छ्योट प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ । धितोपत्रको बिक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री कारोबारको राफसाफ तथा फर्छ्योटका लागि आवश्यक धितोपत्र आफ्नो राफसाफ खातामा जम्मा भएको यकिन गरी कुनै विक्रेताले निर्धारित समयभित्र आफ्नो राफसाफ खातामा जम्मा नगराएको खण्डमा ‘टी प्लस टु’ को मध्याह्न १२ बजेभित्र सो बिक्रीकर्ताको बिक्री कारोबारको ‘सर्टेज मार्क’ गर्न पनि सीडीएसले भनेको छ ।

धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री तथा खरिद कारोबारको गणना गरी त्यसको नेटिङपछि हुने रकम तथा अन्य कमिसन बुझाउनुपर्ने देखिए ‘टी प्लस टु’ को मध्याह्न १२ बजेभित्र आफ्नो राफसाफ बैंकमा रहेको राफसाफ खातामा जम्मा गर्नुपर्छ । धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले राफसाफ भइसकेको धितोपत्र सम्बन्धित खरिदकर्ताको हितग्राही खातामा ‘टी प्लस टु’ मा राफसाफ तथा फर्छ्योट सम्पन्न भएपछि यथाशीघ्र राफसाफ तथा फर्छ्योट प्रणाली (सीएनएस) मार्फत हस्तान्तरण गर्नुपर्नेछ ।

हरेक दिन राफसाफ तथा फर्छ्योट प्रणालीमा प्राप्त निर्देशनबमोजिम राफसाफ सदस्यको पुल खाता, राफसाफ गृहको राफसाफ खाता तथा विभिन्न कमिसन खातामा आवश्यक रकम डेबिट वा क्रेडिट गरी त्यसको जानकारी प्रणालीमा प्रविष्टि गराउनुपर्नेछ । परिमार्जित चक्रअनुसार धितोपत्रको राफसाफ तथा फर्छ्योट कार्य निर्धारित समयअवधिभित्र सम्पन्न गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालाले आआफ्नो दायित्व पूरा गरी राफसाफ प्रक्रिया सम्पन्न गर्न सीडीएससीले आग्रह गरेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x