×

NMB BANK
NIC ASIA

बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरू !

माघ ६, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : रासस
Premier Steels
Marvel

निर्माण सम्पन्न हुने बेलामा तनहुँ र चितवन जोड्ने बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल निर्माण शुरू भएको छ । विसं २०७५  माघ महिनामा सम्झौता भएको पुल निर्माणको काम अहिले आएर बल्ल शुरू भएको हो ।

Muktinath Bank

    ठेक्का सम्झौतानुसार काम भएको भए यतिबेलासम्म अहिले पुल अन्तिम चरणमा पुग्ने भए पनि निर्माण कम्पनीले प्राविधिक कारण देखाउँदै  निर्माणमा ढिलाइ गरेको छ । हेटौंडास्थित मृत सञ्जीवनी कम्पनीले पुलको डिजाइन परिवर्तन र मुग्लिङ–नारायणगढ सडक आयोजनाको अवरोधका कारण काममा ढिलाइ भएको जिकिर गरेको छ । उक्त कम्पनीले विसं २०७८ पुस मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का प्राप्त गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    निर्माण कम्पनीले अबको एक वर्षभित्र सक्ने प्रतिबद्धताबमोजिम काम शुरू गरेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । पटकपटक ध्यानाकर्षण र दवावपछि अहिले आएर बल्ल निर्माण कम्पनीले काम थालेको कार्यालयले बताएको छ ।  “काममा ढिलाइ भए पनि निर्माण कम्पनीले अहिलेसम्म म्याद थपका लागि कार्यालयमा निवेदन भने दिएको छैन”, कार्यालका सूचना अधिकारी नारायण पौडेलले भने, “म्याद थपको निवेदन आएपछि अवस्था हेरेर मात्र निर्णय हुन सक्छ ।”


Advertisment
Nabil box
Kumari

ठेकेदार कम्पनीका प्रतिनिधि दिवस उप्रेतीले कोभिड–१९ को महामारीका कारणले समयमा नै काम गर्न नसकिएको जनाउँदै शुरुमा डिजाइन परिवर्तन र मुग्लिन–नारायणगढ सडकको अवरोधले पनि काममा ढिलाइ भएको बताउनुभयो । “एक वर्षभित्र पुलको आधारभूत काम सक्ने गरी निर्माण शुरू गरेका छौंँ”, इञ्जिनीयर पौडेलले भने । 

Vianet communication
Laxmi Bank

हाल तनहुँतर्फको भागमा जग तयार भइरहेको र चितवनतर्फ जमीनमुनिकै काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । केही दिनअघि विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले निर्माण कम्पनीका प्रतिनिधिलाई पुल निर्माणको कामलाई तीव्रता दिन अनुरोध गरेका थिए । 

एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने उक्त पुल आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने छ । पुलको लागत रु आठ करोड २६ लाख रहने छ ।  पुल निर्माण सम्पन्नपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लाका नागरिकलाई चितवनसहित पूर्वी र पश्चिम तराई जान सजिलो हुन्छ ।  

पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । उक्त पुल निर्माण पछि घुमाउनेबाट तनहँु सदरमुकाम दमौली निस्कन अहिले प्रयोग भइरहेको मुग्लिन, आँबुखैरेनी र डुम्रे हुँदै जाने सडकभन्दा २५ किलोमिटर छोटो पर्न जान्छ ।

तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बस तथा दुई पाङ्ग्रे सवारी साधन आउने जाने गरे पनि दुई पाङ्ग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छन् भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

जीवनस्तर बदलिँदै

पोखरा र दमौलीलाई नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गमा पर्ने सराङ्घाट केही वर्षअघिसम्म सुनसान र उजाड थियो । गाउँमा न बिजुली थियो न सडक नै । सर्वसाधारणका लागि सदरमुकाम दमौली आउनुपरेका खण्डमा घुमाउनेमा रहेको झोलुङ्गेपुल तरेर चितवन हुँदै दमौली आउनुपर्ने बाध्यता  उत्तिकै थियो ।  

    सदरमुकामबाट नजीकै रहेर पनि तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ६ सराङ्घाट बत्तीमुनिको अँध्यारो जस्तै थियो । स्थानीयवासी लालबहादुर राना केही वर्षअघिको सम्झना गर्दै भन्छन्, “गाउँमा न बिजुली थियो न सडक नै जसले गर्दा स्थानीयवासीको दैनिकी नै फरक थियो । अहिले सडक र बत्ती आएसँगै जीवनस्तर बदलिन थालेको छ ।”

     यतिखेर लालबहादुर रानालाई समेत सडकले गर्दा आफ्नो ठाउँ विकासको गतिमा हिँडेको अनुभूति भएको छ । केही वर्षअघिसम्म बुद्धसिंह मार्गको किनारका बस्ती उजाड थिए तर अहिले तिनमा व्यापारिक चहलपहल बढेको छ । यसको मुख्य कारण भनेकै बुद्धसिंह मार्गमा यातायात सञ्चालन हुनु हो । विगतमा सडक तथा पूर्वाधारको अभावलगायत कारण गाउँ छाड्नेहरू आगामी दिनमा विस्तारै फर्कने अपेक्षा गरिएको छ ।  

पोखरा र दमौलीलाई नारायणगढ जोड्ने वैकल्पिक सडकका रुपमा विस्तार गरिएको सो मार्गमा यातायात सञ्चालन शुरू भएपछि सडक क्षेत्रमा पर्ने साना बस्ती अहिले बजारमा परिणत बनेका छन् । यो सडकअन्तर्गत पर्ने सबैभन्दा ठूलो बजार सराङ्घाट हो । सदरमुकाम दमौली मात्र नभई बन्दीपुर, पोखरा र नारायणगढबाट समेत पछिल्ला दिनमा यहाँ घडेरी किन्न मानिस आउन थालेको होटल व्यवसायी रानाले बताए ।

बुद्धसिंह मार्गमा हाल दमौलीबाट दैनिक छ–सात बस र त्यतिकै सङ्ख्यामा जीप तथा अन्य सवारीसाधन चल्ने गर्छन् । उक्त सवारी साधन आँबुखैरेनी गाउँपालिका वडा नं ६ को घुमाउनेसम्म पुगेर पुनः दमौलीतर्फ नै फर्कन्छन् । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।  

सडक विस्तारसँगै सराङ्घाटमा होटल, किराना पसल र फेन्सी पसल सञ्चालनमा आएका छन् । गाउँमा विद्युत् सेवा पुगेसँगै विद्युतीय उपकरणका पसल पनि सञ्चालनमा आएको स्थानीयवासी भीमबहादुर गुरुङले बताउनुभयो । पछिल्ला दिनमा सराङ्घाटमा भौतिक पूर्वाधार निर्माण पनि तीव्र गतिमा भइरहेको छ ।

यस क्षेत्रको भाग्य र भविष्यमा वरदान सावित बन्ने घुमाउने पुल निर्माण अघि बढेपछि  स्थानीयवासीमा खुशी छाएको छ । उक्त पुल छिटोभन्दा छिटो सम्पन्न भइदिए थप सहज हुने र यस क्षेत्रको समृद्धि र विकासले अझै गति लिने स्थानीयवासी बताउँछन् । पुल निर्माण सम्पन्न भएपछि सराङ्घाटलगायत बुद्धसिंह मार्गमा पर्ने अन्य साना बजार लाब्दी खोला, नाल्दी, मास्दीघाट, खहरे, हात्तीसोढे र कोइदिमको रुप नै फेरिने देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । कृष्ण न्यौपाने,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x