यस्तो छ महानायकको सिग्नेचर पोजभित्रको रहस्य

महानायक राजेश हमालले खिचाएका पछिल्ला तस्विरहरू नियाल्नुभएको छ ? पक्कै छ होला । सामाजिक संजालहरुमा उनका यी तस्विरहरूमा कमेन्ट, लाइक, शेयर गर्नुभएको होला ।
हमालका एक से एक तस्विरलाई नियाल्नुस् त । उनका पोजहरु पनि नियाल्नुस् । तपाईले हमाललाई पहिले भन्दा भिन्न पाउनुहुनेछ ।

रियल लाइफमा भेटिएका शुभचिन्तक, फ्यान अथवा एक्लै तस्विर खिचाउनुपरे हमालको बुढी औंलो उठ्छ र चार वटा औंला मुठी पर्छ अर्थात थम्स अप हुन्छ । हमालले खिचाएका अधिकांश तस्विरमा उनले ‘थम्स अप’ वाला पोज दिइराखेको भेटिन्छ ।


Advertisement

सामाजिक संजाल र इन्स्टाग्राममा निकै सक्रिय हमालले दैनिकजसो तस्विरहरू हालिरहेका हुन्छन् । उनले सार्वजनिक गरेका अधिकांश तस्विरमा उनी निकै खुलेको देखिन्छ । ति तस्वीर हेर्दा उनको सिग्नेचर पोज थम्स अप रहेको सहजै बुझ्न सकिन्छ ।

हमालले थम्स अप वाला पोजलाई ब्राण्ड बनाएका छन् । हमालको यो ब्राण्ड पोज भित्रको रहस्य के होला त ?


Advertisement

हालै एक भेटमा हमालले यो रहस्य खोले, ‘यो सबैका लागि राम्रो होस्, शुभ रहोस् भन्न खोजेको हो । यसमा खासै अरु केहि छैन ।’ हमालका अनुसार थम्स अप वाला पोजले आफु पनि खुसी रहेको र अरुको पनि शुभ रहोस् भन्ने संकेत दिने बताउँछन् ।

थम्स अप वाला पोजको उत्पत्ती कसरी भयो ? त्यो हमाललाई थाहा छैन । यो पोजमा हमाल कसरी प्रभावित भए भन्ने पनि पत्तो छैन । तर, यसले अरुको भलो गरोस् भन्ने दर्साउने हमालको बुझाई छ ।

चलचित्र नखेल्दा झन् बढि व्यस्त देखिएका हमाल अहिले रियल लाइफमा रमाइरहेका छन् । घुम्न मन लागेका स्थान पुगेका छन् । श्रीमती मधुलाई समय दिइरहेका छन् ।

चलचित्रको पर्दाबाट अलिकति टाढा रहेका हमाल अहिले म्युजिक भिडियोमा मोडलिङ गरिरहेका छन् । तर, चलचित्रका कुनैपनि स्क्रिप्टमा भने उनले चित्त बुझाएका छैनन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्