×

NMB BANK
NIC ASIA

सुजुकी डिजायर अब नयाँ प्रिमियमको बुकिङ खुला, कति पर्छ मूल्य ?

माघ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालकै बेस्ट सेलिङ सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

२०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याएका थियौं । बेस्ट इन क्लास फिचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको छ ।’ 


Advertisment
Nabil box
Kumari

सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘२०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फिचर राखिएको छ । स्टार्ट–स्टप फंक्सनसहितको के सिरिज डुअल जे, डुअल भीभीटी बीएस६ पेट्रोल इन्जिनले नयाँ डिजायरलाई कम उत्सर्जन र उच्च माइलेजसहितको डिजायरेबल कार बनाएको छ ।’

Vianet communication
Laxmi Bank

‘नेपाली ग्राहकले खोजेजस्तो स्टेट अफ आर्ट डिजाइन र अत्याधुनिक प्रविधि भएकोले हामीलाई विश्वास छ नयाँ डिजायरबाट ग्राहक हरेक हिसाबले सन्तुष्ट हुनुहुनेछ,’ उनले अगाडि थपे । 

अत्याधुनिक शक्तिशाली इन्जिन
२०२१ डिजायरमा आईएसएस फंक्सनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भीभीटी बीएस६ इन्जिन राखिएको छ । उच्च कम्प्रेशन रेसियो, कुल्ड भ्न्च् सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेको भन्दा परिस्कृत छ जसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्छ जसले गर्दा म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६८ किलोमिटर प्रति लिटर रहेको छ । यो इन्जिनले ६००० आरपीएममा अधिकतम ६६ किलोवाट पावर उत्पन्न गर्छ । 

बोल्ड र मोर्डन एक्सटेरियर
२०२१ डिजायरको फ्रन्ट फेसियालाई परिस्कृत गरी बोल्ड र स्टाइलिस बनाइएको छ । तल्लो बम्परमा प्रयोग भएको प्रिमियम सिंगल एपेर्चल फ्रन्ट ग्रिल र बोल्ड क्रोम एक्सेन्टले नयाँ डियाजरको रोड प्रेजेन्सलाई दमदार बनाइदिएको छ ।

प्रिमियम र स्टाइलिस इन्टेरियर
२०२१ डिजायरमा ट्विन पड मिटर क्लस्टर र नयाँ १०.६७ सेन्टिमिटरको मल्टि इन्फर्मेसन टीएफटी डिस्प्ले प्रयोग गरिएको छ । यसमा प्रयोग भएको मोर्डन वुडन फिनिसले कारको डोर र इन्स्ट्रयुमेन्ट प्यानललाई नेचुरल ग्लस फिनिस दिएको छ । नयाँ डुअल टोन सिटले क्याबिनको आकर्षणलाई बढाएको छ । 

१७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो टच इन्फोटेन्मेन्ट सिस्टमलेगज्जबको ड्राइभिङ एक्सपिरियन्स दिलाउँछ । 

सुपेरियर सेफ्टी

नयाँ डिजायरमामा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ । एजीएस भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिल होल्ड फंक्सन रहेकोे छ जसले गाडीबाट चिप्लनबाट बचाउनुका साथै उकालोमा रोकिनु परेको अवस्थामा सहज रुपमा गाडीलाई पिक लिन मद्दत गर्छ । यसमा फ्रन्ट र  रियर दुवै ब्रेक ठूलो आकारको रहेको छ जसले गर्दा ब्रेकिङ सजिलो बनाउनुका साथै ब्रेकको आयु पनि बढाउँछ । साथै, नयाँ डिजायरको सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्टे«न सिस्टम र इबीडीसहितको एबीएस रहेको छ । 

हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ २०२१ डिजायर फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ । 

दुई भेरियन्टमा सार्वजनिक भएको डिजायरमध्ये भीएक्सआइको मूल्य ३४ लाख २९ हजार र जेडएक्सआईको मूल्य ३७ लाख ७९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x