ललितपुरमा एक दम्पती मृत भेटिए

 ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । 

चाँगाथलीमा रहेको घरमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय पत्नी निर्मला पोखरेल मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी प्रभाग ललितपुरकी प्रमुख एसएसपी किरण बर्जाचार्यले लोकान्तरलाई जानकारी दिइन् । 


Advertisement

पोष्टमार्टमका लागि शव पाटन अस्पतालमा लगिएको उनले बताइन् । 

उनीहरूले आत्महत्या गरेको हुन सक्ने आशंका समेत प्रहरीले गरेको छ । घटनास्थलबाट प्रहरीले विषादीको बोतलसमेत बरामद गरेकाले घटना हत्या नभइ आत्महत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्