×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा विघटनमाथिको बहस

इजलासमा सवाल-जवाफ: विश्वासको मत लिएर प्रधानमन्त्रीले फेरि संसद् विघटन गरे के गर्ने ?

माघ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी तेस्रो दिनको सुनुवाइमा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउने कि नपाउने भन्ने विषयमा रोचक सवाल–जवाफ भएको छ । 

Muktinath Bank

अधिवक्ता हर्कबहादुर रावलले बहुमतको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था संविधानका नरहेको तर्क पेश गरेपछि उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रश्न गरे– बहुमतको सरकारले विश्वासको मत लिन कहाँ जाने ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रावलको जवाफ– संसद्मा जाने नि ? 


Advertisment
Nabil box
Kumari

प्रधानन्यायाधीश जबरा– संविधानको धारा ७६ (१) अनुसारको सरकार छ, विश्वासको मत किन जरुरी पर्‍यो ? 

Vianet communication
Laxmi Bank

मानौं संसदमा गयो । अल्पमतमा भएको भएको भए पो विश्वासको मत लिने । बहुमतको प्रधानमन्त्रीले के गर्ने ? 

मानिलिऊँ, संसद्मा गयो विश्वासको मत लियो, फेरि पनि संसद् विघटन गर्दिए के गर्ने ? अथवा विश्वासको मत पाएन फेरि विघटन गर्‍यो भने के गर्ने ? 

रावल– दुवै अर्थमा संसद् विघटन गर्न पाउँदैन । 

प्रधानन्यायाधीश जबरा– उसो भए समस्याको हल के छ ? संविधानले के दिन्छ ? 

इजलासबाट अर्को न्यायाधीशको प्रश्न– संसद्मा गयो, विश्वासको मत पाएन, संसदीय दलमा गयो विश्वासको मत आयो भने त्यो अवस्थामा के गर्ने ? 

फेरि प्रधानन्यायाधीश– संविधानले के विकल्प दिन्छ, त्यसमा फोकस गर्नुस् । 

रावल– संविधानमा बहुमतप्राप्त दलले म सरकार चलाउँदिन भनेर भन्न पाउँछ ? प्रधानमन्त्री चलाउन मन लागेन भने राजीनामा दिने अनि संसदीय दलमा अर्को नेतालाई प्रस्ताव गर्ने अर्को नेतालाई प्रधानमन्त्री बनाउने । 
रावलको बहस सकिएपछि डा. रुद्र शर्माले बहस गरिरहेका छन् ।

यसअघि पनि सरकार संविधानको धारा ७६ (१) कि (२) अनुसारको भनेर न्यायाधीश सपना प्रधान मल्ल र अधिवक्ता डा. शिवकुमार यादवबीच सवाल-जवाफ भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x