×

NMB BANK
NIC ASIA

निर्वाचनका लागि तयार रहन आग्रह

माघ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले तोकेको समयमा आम निर्वाचन सम्पन्न गराउने कार्यका लागि पूर्व तयारी अवस्थामा रहन यहाँका कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ ।

Muktinath Bank

सरकारी कामको समीक्षा गर्न भेला भएका कार्यालय प्रमुखलाई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले निर्वाचनको तयारीमा रहन निर्देशन दिएका हुन् । प्रत्येक महिनाको ५ गते कार्यालय प्रमुख भेला भई जिल्लाको समसामयिक विषयमा  छलफल गर्ने चलन रहेको छ ।
 
निर्वाचनको समय नजिकिँदै गएकोले आ–आफ्ना कार्यालयमा रहेका सवारीसाधनको लगत तयार गरी विवरण पठाउन पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जनतामाझ प्रदान गरिएको सेवाअन्तर्गत सरकारी निकायबाट भएका काम एवं विकास निर्माणमा गरिएका खर्चको विवरण पनि क्रियाशील सञ्चारकर्मीलाई उपलब्ध गराई आम नागरिकसामु जानकारी गराउने कार्यमा सहयोग पुर्याउन सरोकारवाला निकायलाई स्थानीय प्रशासनले निर्देशन दिएको छ ।
 
सबै निकायको सहभागितामा विकास निर्माणको  स्थलगतरूपमा कार्यप्रगति निरीक्षण गराउने व्यवस्था मिलाउन पनि कार्यालय प्रमुखलाई सुझाव दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भए गरेका कामको विवरण सार्वजनिक गर्ने सरकारको कार्यनीति रहे पनि कार्यपालिकामा रहेका राष्ट्रसेवक प्रमुखले पारदर्शी गराउन आलटाल गर्ने समस्या बढिरहेको अवस्थामा प्रजिअको निर्देशनले आम नागरिकमाझ सुसूचित गराउने कार्यमा मद्दत पुग्ने आकलन गरिएको छ ।  
      
यस्तै सरकारी सवारीसाधन दुरूपयोग हुन थालेको भन्ने जनगुनासोलाई मध्यनजर राख्दै कार्यालय प्रमुखमाझ प्रजिअ पन्तले अबका दिनमा सरकारी साधन गुडाउनु पर्दा कामको विवरण खोली जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिन आग्रह गरेका छन‍् ।


Advertisment
Nabil box
Kumari

बिदाको दिन सरकारी सवारी साधन गुडाउनु पूर्व जिल्ला प्रशासनको स्वीकृति लिनुपर्ने प्रावधान कार्यान्वयन नभएको पाइएको र आफूखुशी हिँडेका सवारीसाधन कुनै कारणले क्षति भएमा त्यसको जवाफदेही स्वयं कार्यालय प्रमुख नै हुनुपर्ने जिल्ला प्रशासन कार्यालय रसुवाले स्पष्ट पारेको छ । 

Vianet communication
Laxmi Bank

अत्यावश्यक काममा मात्र गुडाउनुपर्ने सरकारी सवारीसाधन कार्यालय प्रमुख जिल्लाबाहिर जाँदा आफ्नो साथमा लाने र बढी समय व्यक्तिगत काममा प्रयोग हुने गरेको जनगुनासो दिनप्रतिदिन बढ्दै गएको छ ।

काठमाडौँ पुगेपछि एक दुई दिन सरकारी काम गरिए पनि अधिकांश समय सरकारी सवारीसाधन घरेलु सामग्री बोक्नेदेखि लिएर बजार घुम्ने तथा इष्टमित्रसँग भेटघाट जस्ता कार्यमा प्रयोग हुने र सवारी इन्धन एवं मर्मतको बिल भने कार्यालयमा पेश हुने गरेको चालकको भनाइ पाइन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x