कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
माघ ६, २०७७
ललितपुरको महालक्ष्मी नगरपालिका– ७ चाँगाथलीमा रहेको घरमा एक दम्पती मृत भेटिए ।
उनीहरूको मृत्युलाई लिएर नयाँ–नयाँ तथ्य बाहिरिने क्रम जारी छ ।
मृत भेटिएका सागर पोखरेलले उनीसँगै मृत भेटिएकी निर्मला पोखरेललाई कान्छी श्रीमतीको रूपमा भित्र्याएको तथ्य खुलेका छ ।
‘मृतक सागरले पहिलो श्रीमतीलाई डिभोर्स दिएर एक वर्षअगाडि कान्छी श्रीमतीको रूपमा भित्र्याएको खुलेको छ,’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यले लोकान्तरसँग भनिन्, ‘अहिले परिवार शोकमा भएका कारण थप सोध्न मिलेको छैन ।’
३ जना दिदीहरूपछि जन्मिएका एक्ला छोरा सागरलाई परिवारले धेरै नै माया गरेर राखेको जस्तो देखिएको एसएसपी बज्राचार्यले बताइन् ।
सोमवार बिहान छोरीको घरमा गएका बुवाआमा फ्ल्याटमा फर्किँदा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरूको शव भेटिएको थियो ।
त्यसलगत्तै बुवाआमाले १०० नम्बरमा फोन गरेर प्रहरीलाई जानकारी गराएपछि प्रहरी केही मिनेटमै पुगेको थियो ।
प्रहरी त्यहाँ पुग्दा दुवैजना विष सेवन गरेको अवस्थामा फ्ल्याटको भुइँमा मृत भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
शवनजिकै भाँडोमा बान्ता गरेको र सेल्फसको चक्की (विषादी) फेला परेको एसएसपी किरण बज्राचार्यले बताइन् ।
प्रहरीले विष सेवनको गरेको अवस्थामा भेटिएकाले उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
प्रहरीका अनुसार मृतक सागर पोखरेलका बुवा पूर्व सरकारी कर्मचारी हुन् ।
आर्थिक रूपमा सम्पन्न नै देखिएकाले आत्महत्याको कारण आर्थिक नभएर अरू नै हुनसक्ने प्रहरीको अनुमान छ ।
‘आर्थिक रूपमा सम्पन्न नै देखिएको छ । अहिले पोस्टमार्टमको रिपोर्ट कुरिराखेकाले अन्य कुरामा अनुसन्धानतर्फ लागेका छैनौं,’ एसएसपी बज्राचार्यले भनिन् ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...