पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
माघ ६, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्रीलाई स्वेच्छाचारी बन्न दिने कि लोकतान्त्रिक प्रधानमन्त्री भन्ने बहस नै आफूहरूको आन्दोलनको मूल मर्म भएको बताएका छन् ।
नेकपा समर्थित पत्रकारहरूको संगठन प्रेस संगठन नेपालको प्रचण्ड–नेपालपक्षीय भेलालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै भट्टराईले बहसको विषय संविधान मान्ने कि नमान्ने भन्ने रहेको दाबी गरेका हुन् ।
उनले नेकपा समर्थित पत्रकारले रक्सी भट्टी रोज्ने कि दूध बेच्ने पसल रोज्ने भन्ने निर्णय लिनुपर्ने समय आएको बताए ।
‘साथीहरू यो आन्दोलन रक्सी उत्पादन गर्ने आन्दोलन होइन, भट्टी चलाउने आन्दोलन होइन, मान्छेको हितका लागि दूध उत्पादन गर्ने आन्दोलन हो । दूध बिक्री गर्न बिहानै जाडोमा उठ्नुपर्छ, घर–घर धाउनुपर्छ, रक्सी बेच्न घरघर जानु पर्दैन,’ भट्टराईले भने, ‘आज दुईवटा पसल खुलेका छन्, कता जाने ? रक्सीको पसलमा प्रचार गर्नुपर्दैन, राम्रो लेबलिङ गरिएको हुन्छ । दूध उत्पादन गर्नेको दुःख छ, गोबर फाल्नु पर्छ, घर–घरमा पुर्याउनुपर्यो, दूध बेच्नेको दुःख त्यस्तो हुन्छ । दूध बिक्री पसलमा जाने कि रक्सी ? यहाँ उपस्थित भट्टीतिर आकर्षित हुनुहुन्छ भन्ने लाग्दैन, गोठालो नै सही ।’
नेकपा निकट पत्रकार संगठन फुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय समूहको भेला बिहीवार हुँदैछ ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...