नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिश र राष्ट्रपतिको विज्ञप्तिमा राजाको भाषा ह्वास्सै गनाएको दाबी गरेका छन् ।
नेकपा समर्थित पत्रकारको संस्था प्रेस संगठनको भेलालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए ।
‘प्रतिनिधि सभा विघटन गर्ने भाषामा राजाको भाषा ह्वास्सै गनाइरहेको छ, केपीको भाषा तपाईंहरूले सुँघ्नुभएको छ छैन ?’ प्रचण्डले भने ।
‘यो प्रतिनिधि सभा विघटन मात्र होइन संविधानको विघटन, गणतन्त्रको विघटन, शान्ति प्रक्रियालाई भत्काउने र देशलाई भयानक अराजकतामा धकेल्ने दुस्कर्मको शुरूआत हो,’ प्रचण्डले भने ।
लोकान्तर संवाददाता