पुस २२, २०८०
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
घटना धेरै अघिको होइन । ऋषी धमला पत्नी एलिजा गौतमले आफु अभिनित चलचित्र ‘अनुराग’ १ हप्तामै करोड क्लबमा पुगेको भन्दै केक काट्न तम्सिइन् । सिटी सेन्टरमा रहेको बिग मुभिजमा केक काट्न तयार भएकी उनलाई एक पत्रकारले यस्तो वाइयात काम नगर्नुस् भनेपछि उक्त केक यत्तिकै उपस्थितिले हात हात राखेर खाए । उनले किन त्यसो गरिन् त ? यो दर्शकलाई भ्रम पार्न गरिएको थियो । उनले त्यसबेला भन्दै थिइन्, ‘यति हल्ला गरेपछि दर्शक आउँछन् कि ?’
ऋचा शर्माको कुरा पनि उनको जस्तै थियो । चलचित्रलाई भएको देखाउन त्यसबेला ऋचा र अभिनेता अर्पण थापाले जे गरे त्यो गल्ती रहेछ, जुन कुरा अहिले आएर ऋचा आफैले खुलासा गरेकी छिन् । उनले निर्माण र अभिनय गरेको चलचित्र ‘सुनकेसरी’ ले रिलिजको पाँच दिनमा १ करोड ४ लाख कमाएको भन्दै हलमा केक काटेर कलाकारसहित पत्रकार र अरु केहि अतिथिलाई खुवाइएको थियो ।
महंगो रकममा विदेशमा चलचित्र झिकाउन उनले त्यसबेला गरेको हर्कत उनी निकटले मिडियामा बताइसकेका थिए, तर उनीहरुले त्यसबेला केहि बोलेनन् । चलचित्रले राम्रो व्यापार गरेको मिडियामा अन्तरवार्ता दिँदै हिँडे ।
अर्पण थापा निर्देशित यो चलचित्र हरर जनरामा निर्माण भएको थियो । तर, डराउने सिनमा दर्शक हाँसेको भन्दै चलचित्रको कडा आलोचना भएको थियो । केक काटेपनि, करोड क्लबमा पुगेको हावा गफ फैलाएपनि यो चलचित्र फ्लप भयो ।
यतिले मात्रै उनीहरुको गफको श्रृङ्खला रोकिएन । त्यसबेला चलचित्र ‘सुनकेसरी २’ बनाउने समेत उनीहरुले घोषणा गरे । तर, ऋचाको टिमले अहिलेसम्म उक्त चलचित्र बनाउने विषयमा दोस्रोपटक मिटिङ गरेको छैन ।
सोमवार मात्रै ऋचाले एक प्रशंसकको प्रश्नमा जवाफ दिँदै उक्त चलचित्र डिजास्टर भएको स्वीकार गरेकी छन् । यो भिन्न फिल्म हुन सक्छ । हरर शैलीमा एक गेम चेन्जर । नकेसरी’ ले हरर फिल्मलाई न्याय गरेको छ ? भन्ने प्रशंसकको प्रश्नमा जवाफ दिइन्, 'तर, डिजास्टर भयो ।'
सधै सहि प्रश्नमा गलत जवाफ दिने र गलत काम गर्ने ऋचा २ वर्षपछि कसरी गलिन् ? सबैले अचम्म मानेका छन् ।
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...