शालीन परम्परालाई तोड्दै बिदा हुन लागे ट्रम्प

बुधवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालको अन्तिम दिन हो । 

जो बाइडन नयाँ राष्ट्रपति बन्न लागेका छन् । उनको शपथग्रहण समारोहमा ट्रम्प उपस्थित हुने छैनन् । 


Advertisement

अमेरिकी परम्पराअनुसार निवर्तमान राष्ट्रपतिले नयाँ राष्ट्रपतिलाई ह्वाइट हाउसमा लग्ने गरेका छन् । अनि नवनिर्वाचित राष्ट्रपतिलाई शपथग्रहणका लागि क्यापिटल हिल लग्ने गरिएको छ । 

तर ट्रम्पले केही पनि नगर्ने भएका छन् । शपथग्रहण अगावै उनी बुधवार बिहान ह्वाइट हाउसबाट निस्कने भएका छन् । 


Advertisement

ट्रम्प बिहानै जाने भएपछि ह्वाइट हाउसमा बाइडन र उनकी पत्नी जिललाई अशर टिमोथी हार्लेथले स्वागत गर्नेछन् । हार्लेथलाई यस पदमा ट्रम्पले नियुक्त गरेका थिए । 

बुधवार दिउँसो बाइडन राष्ट्रिय कब्रिस्तान अर्लिङटन गएर माल्यार्पण गर्नेछन् । 

शपथग्रहणमा पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुश र बाराक ओबामा उपस्थित हुनेछन् । 

बुधवार नै बाइडनका सरसामान ह्वाइट हाउस लगिनेछन् । त्यसक्रममा ह्वाइट हाउस पूरा सरसफाइ गरिनेछ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्