×

NMB BANK
NIC ASIA

भाइरल तस्वीरको वास्तविकता : ओलीलाई हटाएर प्रचण्डको फोटो राखिएकै हो त गाउँपालिकामा ?

माघ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा विघटनपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई चिरामा विभाजित हुँदा त्यसको असर स्थानीय सरकारसम्म नै पुगेको छ । 

Muktinath Bank

स्थानीय तहका जनप्रतिनिधिहरूले पनि आफ्नो कित्ता प्रस्ट पारिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसक्रममा सिन्धुलीको सुनकोशी गाउँपालिकाको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।


Advertisment
Nabil box
Kumari

तस्वीरमा गाउँपालिका उपाध्यक्ष दीर्घसिंह मोक्तानको कार्यकक्षमा राष्ट्रपतिसँगै नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को तस्वीर झुण्ड्याइएको छ ।

Vianet communication
Laxmi Bank

यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर भने राखिएको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि पार्टी विभाजन भैसकेको छ । कानूनी मान्यता पाउन मात्र बाँकी छ ।

यसैको असर गाउँपालिकामा देखिएको हो । 

सुनकोशी गाउँपालिकामा अध्यक्ष दीपा बोहरा दाहाल छिन् । विगत हेर्ने हो भने उनी पूर्व माओवादी खेमाकी हुन् । उनी पूर्व जनमुक्ति सेना नै हुन् ।

लोकान्तरसँग अध्यक्ष दाहालले आफू पूर्व जनमुक्ति सेना भएकाले प्रचण्डको तस्वीर कार्यकक्षमा टाँस्दा अनौठो मान्न नहुने तर्क गरिन् । 

उनले भनिन्, ‘केपी ओलीका साइबर सेनाले तस्वीर भाइरल बनाए । म पनि पूर्व जनमुक्ति सेना हुँ, मैले प्रचण्डको फोटो नराख्ने भन्ने कुरै हुँदैन ।’

उनले प्रधानमन्त्री ओलीले संविधानविपरीत संसद् विघटन गरेपछि आफूले प्रचण्डलाई मात्र आदरणीय मान्न थालेको सुनाइन् ।

यद्यपि प्रधानमन्त्री ओलीको तस्वीर नराखिनुको कारण भने अर्कै रहेको उनको दाबी छ । अध्यक्ष दाहालका अनुसार केही दिनअघि ओलीको तस्वीर भुइँमा झरेर फुटेको छ । 

उनले भनिन्, ‘ओलीको तस्वीर भुइँमा झरेर फुटेपछि बनाउनका लागि सदरमुकाम सिन्धुली पठाइएको छ, अहिलेसम्म आइपुगेको छैन ।’

उनले पहिलेदेखि नै आफूले राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डको तस्वीर कार्यकक्षमा राख्ने गरेको सुनाइन् ।

उनले भनिन्, ‘मेरा आदरणीय व्यक्तित्वहरूको तस्वीर मैले कार्यकक्षमा राख्नुपर्छ, कसको राख्ने, कसको नराख्ने भन्ने कुरा मेरो अधिकारको कुरा हो ।’

अध्यक्ष दाहालका अनुसार सामाजिक सञ्जालमा भाइरल तस्वीर सोमवारको हो । सोमवार खेलकुद विकास समितिको बैठकका समयमा सो तस्वीर खिचिएको उनले बताइन् ।

उनले साइबर सेनाहरूले अन्धाधुन्ध विरोध गरेकाले तस्वीर भाइरल भएको बताइन् । उनले भनिन्, ‘मैले राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डको तस्वीर सँगै राख्ने गरेको छु । नियतवश हटाइएको होइन ।’

राजनैतिक संकटका बेलामा साइबर सेनाले आफूविरुद्ध प्रचार गरेको उनको आरोप छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x