×

NMB BANK
NIC ASIA

भारतबाट कोरोना विरुद्धको खोप ल्याउन के गर्दैछन् नेपाली राजदूत ?

माघ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारत सरकारले नेपाललाई सहयोगस्वरूप दिने प्रतिबद्धता गरे अनुसारको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप चाँडै नेपाल भित्रिने भएको छ ।

Muktinath Bank

अन्य विदेशी मुलुकबाट खोप कहिले आउने भन्ने अन्योल चिर्दै छिमेकी मुलुकबाट सबैभन्दा पहिले खोप आउने सुनिश्चित भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत सरकारले त्यसका लागि प्रक्रिया शुरू गरिसकेको भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले जानकारी दिए । ‘अबको केही दिनमा नै भारत सरकारका तर्फबाट नेपाललाई प्रदान गरिने खोपको घोषणा गरिँदैछ, त्यसपछि पहिलो चरणको खोप नेपाललाई पठाउनेछ,’ उनले भने । नेपाललाई दिने खोपको घोषणा लगत्तै खोप ढुवानीको अन्य प्रक्रिया शुरू हुने उनले स्पष्ट पारे ।


Advertisment
Nabil box
Kumari

राजदूत आचार्यका अनुसार निकटको छिमेकी मुलुकको नाताले पनि भारतबाट खोप नेपाल भित्र्याउने सवालमा निकै राम्रो प्रगति भएको छ । भारतबाट आउने खोपको केही मात्रा अनुदानको हुनेछ भने अन्य खरिद प्रक्रियाअनुसार हुने सम्भावना रहेको छ ।

Vianet communication
Laxmi Bank

नेपालको कूल जनसंख्यालाई पुग्ने खोप भारतबाटै ल्याउन पहल भइरहे पनि पहिलो चरणमा कूल जनसंख्याको ३ प्रतिशत खोप भारतबाट आउने छ । राजदूत आचार्यले खोप नेपाल भित्र्याउनका लागि खोपको अन्तिम परीक्षण चलेकै बखतदेखि पहल थालेका थिए । जसका लागि त्यहाँस्थित खोप निर्माता तथा स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग संवाद गरेर नेपालमा खोप भित्र्याउने वातावरण बनाएका थिए । भारत बायोटेकले कोभिड–१९ विरुद्धको खोप विकास गरेको हो ।

राजदूत आचार्यले नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप भारतबाट ल्याउने तयारी रहेको बताए । शुरूआतमा आउने ३ प्रतिशत भने अग्रमोर्चामा रहेर काम गरिरहेकाका लागि प्रयोग गरिने छ । दोस्रो चरणमा आउने १७ प्रतिशत खोप भने जोखिममा रहेका समूहका लागि हुने गरी ल्याइने प्रक्रिया अगाडि बढेको छ ।

नेपाललाई भारतबाट खोप सुनिश्चित गर्न केही दिनअघि भारतमा भएको संयुक्त आयोगको बैठकले ठूलो भूमिका खेलेको राजदूत आचार्यले जानकारी दिए । बैठकमा भाग लिन भएका परराष्ट्रमन्त्री सहितको प्रतिनिधिमण्डलसामु भारतका विदेशमन्त्री डा. सुब्रमन्यम जयशंकरले खोप नेपाललाई आवश्यकताअनुसार दिने प्रतिबद्धता जनाएका थिए ।

आचार्यले भनेजस्तै नेपाल सरकारले सबै जनसंख्यालाई पुग्ने कूल ७२ प्रतिशत खोपको आवश्यकता पूर्तिका लागि भारतसहित विभिन्न छिमेकी मुलुकमा कूटनीतिक प्रक्रिया अगाडि बढाएको छ । जसमध्ये ४० प्रतिशतसम्म खोप भारतबाट ल्याउन अनुदान र खरिद दुवै प्रक्रिया अगाडि बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।

खोप ल्याउनुअघि र ल्याएपछि के कसरी काम अगाडि बढाउने भन्ने रिहर्सलसम्मको अन्तिम प्रक्रिया नेपालले पूरा गरिसकेको छ ।

भारतबाट आउने भनिएको ४० प्रतिशतमध्ये पहिले ३, त्यसपछि १७ र अन्तिममा २० प्रतिशत खोपको मात्रा भारतबाट ल्याइने योजना छ । भारतबाट आउनेमध्ये विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अनुदानमा दिने भनेको कोभ्याक्स अनुदान अन्तर्गत पनि केही मात्रा पर्नेछ । जसअनुसार २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप अनुदान अन्तर्गत नेपालले पाउनेछ ।

भारतबाट खोप नेपाल ल्याउँदा ढुवानी खर्च समेत कम पर्ने र खोपको मात्राको मूल्य पनि कम पर्नेछ । बाँकी ३२ प्रतिशत खोप अन्य मुलुकबाट नेपाल भित्र्याउनका लागि समेत प्रक्रिया अगाडि बढेको डा. अधिकारीको भनाइ छ ।

नेपालको खोप भण्डारण क्षमतासँग समेत मेल खाने हुनाले पनि यो खोप सहज भण्डारण हुनेछ । जसका लागि २ देखि ८ डिग्री सेन्टिग्रेडसम्मको तापक्रमको भण्डारण क्षमता अनुकूल हुनाले पनि भारतबाट आउने खोपका लागि नेपाल सरकारले प्राथमिकतामा राखेको छ । भारतमा भने यतिबेला जोखिमको अग्रपंक्तिमा रहेकालाई धमाधम खोप लगाउने काम जारी रहेको छ ।

मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार १ नम्बर प्रदेशमा सहसचिव डा. तारा पोखरेल, २ नम्बर प्रदेशका लागि डा. मदन उपाध्याय, बागमती प्रदेशका लागि डा. गुणराज लोहनी, गण्डकी प्रदेशका लागि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम, लुम्बिनी प्रदेशका लागि डा. विकास देवकोटा, कर्णाली प्रदेशका लागि डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशका लागि डा. कृष्ण पौडेललाई प्रमुख व्यक्ति तोकिएको छ । नेपालमा कोरोनाको पहिलो संक्रमण गत वर्ष माघ ९ गते देखिएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x