×

NMB BANK
NIC ASIA

महिलामा मात्रै होइन, पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

माघ ७, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ ।

Muktinath Bank

सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ तर अध्ययनले पुरुषमा पनि बढ्दै गएको देखाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्कोलोजिस्ट एवं स्तन क्यान्सर विशेषज्ञ डा. उत्सवमान श्रेष्ठले महिलाको तुलानामा पुरुषमा स्तन क्यान्सर अत्यन्तै कम पाइने भए पनि पछिल्लो समय स्तन क्यान्सर हुने पुरुषको संख्या बढ्दै गएको बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार स्तनमा भएका कोषिकाले हार्मोन ग्रहण गर्ने प्रक्रियामा गडबडी भयो भने स्तन क्यान्सर हुन्छ । महिलामा हुने एस्ट्रोजेन हार्मोनका कारण पनि स्तन क्यान्सर हुन्छ ।

Vianet communication
Laxmi Bank

अर्का अन्कोलोजिस्ट डा. अरुण शाहले महिलालाई बढी हुने भए पनि पुरुषलाई पनि स्तन क्यान्सरको खतरा कम नभएको बताए । उनका अनुसार पुरुषले स्तन परीक्षण गर्न आवश्यक नठान्ने, लाज मान्ने वा पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ भन्ने जानकारी नहुँदा अन्तिम अवस्थामा यस रोगको परीक्षण गराउँछन्, जसले गर्दा पुरुषको मृत्युदर उच्च हुन्छ ।

६० देखि ७० वर्षका पुरुष स्तन क्यान्सरको उच्च जोखिम समूहमा पर्छन् । उनले कारण, लक्षण, उपचार तथा रोकथाम महिलाको स्तन क्यान्सरसँग मिल्दोजुल्दो हुने बताए । यसबाट पीडित हुने पुरुषको यकिन तथ्यांक नभए पनि बर्सेनि करीब १० जनाको शल्यक्रिया हुँदै आएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्रतिवेदन अनुसार क्यान्सरका बिरामीको संख्या अहिलेकै दरमा बढ्दै जाने हो भने आगामी सन् २०३० सम्म संसारमा ७५ वर्ष उमेर पुग्नुअघि नै ५ मध्ये १ जना पुरुषलाई स्तन क्यान्सर हुनेछ । साथै ८ मध्ये १ जनाको मृत्यु क्यान्सरबाट हुनेछ ।

महिला वा पुरुषको स्तनमा गाँठो आउनु स्तन क्यान्सरको संकेत हो । क्यान्सरविज्ञ डा. श्रेष्ठले भने, ‘स्तनमा छाम्दा गाँठो छ भने स्तन क्यान्सर हुन सक्छ । स्तनमा आएका गाँठागुँठी आफैं छामेर थाहा पाउन सकिन्छ । प्रायः क्यान्सरमा साह्रो किसिमको गाँठो हुन्छ । क्यान्सर स्तनबाट सरेर काखीमुनि पुग्छ, त्यसैले महिलाको स्तन र काखीमुनि गाँठो भेटिनुलाई क्यान्सरको एड्भान्स स्टेज हो ।’

शुरूका चरणमा स्तन क्यान्सर थाहा पाउन कठिन हुन्छ । क्यान्सर बढेर फैलिँदै जाँदा छालामा टाँसिने, रातो हुने, घाउ हुने, दुख्ने जस्ता लक्षण देखिन्छन् । पुरुषको स्तन सानो हुने भएकाले स्तन सुन्निएको बाहिरैबाट देखिन्छ ।

डा. शाहले पुरुषको स्तनमा ट्युमर आउनेबित्तिकै स्तन सुन्निएर बाहिरबाट हेर्दा नै स्तन ठूलो देखिने जानकारी दिए । उभिएर ऐनामा हेर्दा पनि स्तन सुन्निएको देख्न सकिन्छ । स्तन भुक्क उठेको वा ट्युमर बढेको छ भने क्यान्सर हो कि भन्ने शंका गर्न मिल्छ ।

स्तन क्यान्सर भए नभएको पत्ता लगाउन विभिन्न किसिमले परीक्षण हुन्छ । डा. श्रेष्ठका अनुसार मेमोग्रामले धेरै हदसम्म स्तन क्यान्सर हो वा होइन भन्ने पत्ता लगाउन सकिन्छ । पुरुषको स्तन सानो हुने भएकाले क्यान्सर पत्ता लगाउन मेमोग्राम गराउनुपर्दैन । सानो टिस्यु हुने भएकाले मेमोग्राम गरिँदैन । छामेर पत्ता लगाउन सकिन्छ । छाम्दा पत्ता लागेन भने मात्र मेमोग्राम गरिन्छ । पुरुषको हकमा अल्ट्रासाउन्ड गरेर पनि स्तन क्यान्सर पत्ता लागाउन सकिन्छ । गोरखापत्र दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x