×

NMB BANK
NIC ASIA

पत्रपत्रिका पहिलो पेज : उड्डयन क्षेत्रको ३७० अर्ब डलर गुम्यो, नेपालमा कोभिड खोप यसै साता

माघ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुधबार राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिकले पहिलो पृष्ठमा विभिन्न समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् । पत्रपत्रिकाले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्चको संवैधानिक इजलासमा भएको सवाल जवाफ, नेकपाभित्रको विवाद, साताभित्रै कोभिड खोप भारतबाट ल्याउन लागिएको, प्रदेश १ र बागमती प्रदेशसभाको बैठकलगायतका विषयलाई प्राथमिकता दिएका छन् ।

Muktinath Bank

कान्तिपुर दैनिकले मुलुकमा यही साताभित्र कोभिड–१९ खोप ल्याउन लागिएको खबर छापेको छ । भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्ड खोप अनुदान स्वरुप ल्यान लागिएको हो । खोप सबैभन्दा पहिले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई लगाउने तयारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कान्तिपु्रमै नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको खबर पनि छापेको छ । सोही पत्रिकाले नेकपाको दुबै समूहले प्रदेश १ र बागमतीमा सरकार बनाउन काँग्रेससँग छलफल थालेको, प्रदेश १ मा ओली पक्षले प्रचण्ड नेपाल पक्षलाई प्रदेश सभामा रोक्ने तयारी गरेको जस्ता समाचारलाई पनि प्राथमिकता दिएको छ ।
यसैगरी नयाँ पत्रिका दैनिकले सुरक्षाकर्मीको दुरुपयोग रोक्न नयाँ मापदण्ड तय भएको समाचार छाप्दै नियमविपरित सुरक्षाकर्मी राख्नेले आफैले तलबभक्ता दिनुपर्ने आशयको समाचार छापेको छ । सोही पत्रिकाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चर्को सवाल जवाफ भएको तथा संवैधानिक आयोगहरुमा स्वेच्छाचारी नियुक्ति गर्ने अध्यादेशविरुद्धको रिटमा ३५ दिनसम्म पनि सुनुवाइ नभएको खबरलाई प्राथमिकताका साथ छापिएको छ । समाचारमा भनिएको छ–एकातिर संसद विघटन गरेर सुनुवाइको ढोका बन्द गरिएको छ, अर्कोतिर सर्वोच्चमा पाँचपटक पेसी तोकिएकोमा तीन पटक स्थगित गरिएको छ भने दुई पटक हेर्न नभ्याइनेमा राखिएको छ, शक्ति सन्तुलनसहितको लोकतन्त्र नाजुक मोडमा देखिएको छ।’


Advertisment
Nabil box
Kumari

नागरिक दैनिकले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा धारा ७६ को व्याख्यामा सवालजवाफ केन्द्रीत रहेको खबरलाई उच्च प्राथमिकता दिएको छ । ओलीले प्रतिनिधिसभा विघटन गर्दा टेकेको संविधानको धारा ७६ को व्याख्यासहित सवालजबाफ बढेको पत्रिकाको समाचारमा भनिएको छ ।

Vianet communication
Laxmi Bank

सोही पत्रिकाले ओली निरन्तर संविधान कुल्चिन सक्रिय रहेको शीर्षकसहितको समाचार पनि छापेको छ ।
समाचारमा भनिएको छ–परिस्थितिले संघीयता र गणतन्त्रप्रति रुचि नदेखाएका ओली नै नयाँ संविधान कार्यान्वयन गर्ने मुख्य जिम्मेवारीमा पुगे। संविधानलाई बलियो बनाउन कार्यान्वयनमा जोड दिनुपर्ने कार्यपालिका प्रमुख (प्रधानमन्त्री) को जिम्मेवारीमा पुगेका ओली त्यसको विपक्षमा सुरुदेखि नै सक्रिय भए। नयाँ संविधान जारी भएपछि तत्कालीन माओवादी केन्द्रसहितका राजनीतिक दलको समर्थनमा ओली प्रधानमन्त्री बने। आलोपालो प्रधानमन्त्री बन्ने ओली र पुष्पकमल दाहालबीचको सहमति कार्यान्वयन नहुँदा तत्कालीन माओवादी केन्द्रले उनलाई दिएको विश्वासको मत फिर्ता मात्र लिएन, संसद्मा अविश्वास प्रस्ताव नै दर्ता गर्यो। संसद्मा विश्वास गुमाए पनि ओलीले संक्रमण कालीन व्यवस्था अनुसार आफूले प्रधानमन्त्रीबाट राजीनामा गर्नै नमिल्ने अडान लामो समय लिए, पद त्याग्न अरुचि देखाए।’ त्यसपछि पनि उनले लगातार  संविधान कुल्चित सक्रिय रहेको समाचारमा दावी गरिएको छ ।

यसैगरी गोरखापत्रले कोरोनाका कारण आर्थिक क्षेत्रमा ३ खर्बभन्दा बढी क्षति भएको खबर पहिलो पृष्ठमै छापेको छ । अब पुनरुत्थानका लागि ६ खर्ब आवश्यक रहेको पनि समाचारमा जनाइएको छ।  सोही पत्रिकाले ओलीले पार्टीका सम्पूर्ण तहका कमिटी र जनवर्गीय संगठन तत्काल पुनर्गठन गर्न निर्देशन दिएको खबर पनि छापिएको छ । यस्तै भारतीय खोप ल्याइन लागिएको खबर समेत पहिलो पृष्ठमा छापेको पत्रिकाले कोरोनाका कारण १ हजार निजी विद्यालय बन्द हुनसक्ने खबर पनि छापेको छ ।

अन्नपूर्ण पोस्टले सन् २०२० को अन्त्यसम्म विश्वभरको उड्ययन क्षेत्रले ३ सय ७० अर्ब अमेरिकन डलरभन्दा बढीको क्षति बेहोरेको खबर छापेको छ । उक्त अवधिमा विमानस्थलले ११५ अर्ब डलर र हवाइ कम्पनीहरुले १३ अर्ब डलर बराबरको क्षति व्यहोरेको आईकाओको तथ्यांकलाई उदृत गर्दै पत्रिकाले खबर छापेको छ  ।

सो पत्रिकाले बाइडनको आज अमेरिकी राष्ट्रपतिको रुपमा सपथ हुन लागेको लगायतका खबरलाई पनि पहिलो पृष्ठमा समेटेको छ ।
राजधानी दैनिकले पनि अन्य पत्रिकाले जस्तै भारतले नेपाललाई दिन लागेको अनुदानको कोरोना खोपको समाचारलाई पहिलो पृष्ठमा छापेको छ । पत्रिकाले गुटगत निर्णय लिएर नेकपाका दुबै पक्ष गाउँगाउँसम्म पुगेको, उद्योगीले किसानको ५७ करोड बक्यौता तिरेको, निर्वाचन तयारीमा सुरक्षा निकाय लागेको लगायतका खबरलाई पनि पहिलो पृष्ठमै समेटेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x