×

NMB BANK
NIC ASIA

विद्यार्थीको रक्त समूह पहिचान गर्न नगरपालिकामा अभियान सञ्चालन

माघ ७, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह पहिचान शुरू गरेको छ ।

Muktinath Bank

नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको समूह पहिचान गर्ने उद्देश्यले मंगलवारदेखि नगरपालिकाले औपचारिक रूपमा रगत परीक्षण अभियान शुरू गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाको वडा नम्बर–१ दिक्तेलस्थित पञ्च माविबाट शुरूआत गरिएको अभियान नगर प्रमुख दीपनारायण रिजालले ब्यानर खोलेर शुभारम्भ गरे । नगरपालिकाको स्वास्थ्य शाखा र रक्त सञ्चार केन्द्रको सहकार्यमा अभियान शुरू गरिएको हो ।


Advertisment
Nabil box
Kumari

पञ्च माविमा कक्षा–८ मा अध्ययनरत छात्र प्रविन आचार्य र छात्रा गंगा आचार्यको शुरूमा रक्त समूह पहिचान गरिएको थियो । प्रविनको ‘ओ’ पोजेटिभ तथा गंगाको ‘बी’ पोजेटिभ रहेको कार्ड समेत नगर प्रमुख रिजालको हातबाट हस्तान्तरण गरिएको छ ।

Vianet communication
Laxmi Bank

नगरपालिकाभित्र ९३ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । सबै विद्यालयका गरी ८ हजार ८४६ जना विधार्थीको क्रमशः रक्त समूह पहिचान गरिने नगर स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार सम्पूर्ण विधार्थीको रक्त समूह पहिचान गरेर आगामी शैक्षिक सत्रदेखि विधार्थीको परिचय पत्रमा रक्त समूह उल्लेख गरिने जनाइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया र सशस्त्र प्रहरी प्रमुख सरोज कार्कीको पनि रक्त समूह पहिचान गरिएको छ ।

कोरोना भाइरस आउनुभन्दा अगाडिबाटै शुरूआत भएको ‘स्कूल स्वास्थ्य कार्यक्रम’ अन्तर्गत रक्त समूह पहिचान अभियान थालिएको नगर प्रमुख रिजालले बताए । ‘जिल्लामा दाताको भरमा रक्त संकलन केन्द्र सञ्चालन गरिएको छ,’ उनले भने, ‘विद्यार्थीको परिचय पत्रमा नै रक्त समूह उल्लेख गरेपछि दुर्घटना जस्ता आपतकालीन अवस्थामा रगत संकलन तथा उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ ।’ 

यसअघि नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला अस्पताल खोटाङमा रक्त संकलन केन्द्र स्थापना गरिएको गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको नेतृत्वमा सञ्चालन हुने गरी स्थापना गरिएको रक्त सञ्चार केन्द्र चौबीसै घण्टा सञ्चालन हुने गरेको छ । 

जिल्लामै पहिलो पटक स्थापना गरिएको रक्त सञ्चार केन्द्रका लागि चौबीसै घण्टा काममा रहने गरी नगरपालिकाबाट ३ तथा अस्पतालबाट १ जना दक्ष कर्मचारी खटाइएको नगर प्रमुख रिजालले बताए । ‘रगत अभावमा कसैले पनि ज्यान गुमाउन तथा रगत खोज्न अन्यत्र जानु नपरोस् भन्ने उद्देश्य राखिएको छ,’ उनले भने, ‘रक्त सञ्चार केन्द्रलाई थप प्रभावकारी तथा निरन्तर सेवा दिने बनाउन भक्तपुर शाखासँग ७ बुँदे सम्झौता गरिएको छ ।’ 

जिल्लाको एक मात्र सरकारी अस्पतालमा यस अघिसम्म ब्लड बैंक (रक्त भण्डारण गृह) नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीले नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरीको भर पर्नुपर्ने अवस्था थियो । जिल्लामा रक्तदान गर्ने व्यक्ति अधिक भए पनि भण्डारण गृह नहुँदा समस्या भएपछि रेडक्रसको पहलमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो । 

२ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म एक मात्र १५ शय्याको अस्पताल सञ्चालनमा छ । १५ शय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाउने विषयमा गत वर्ष नै मन्त्रिपरिषद्बाट निर्णय पारित भए पनि हालसम्म काम अगाडि बढेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x