चाँदीका गहना र सुनसहित २ जना पक्राउ

सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित २ जना पक्राउ परेका छन् ।

नवलपुर–मलंगवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करीब ७१ तोला चाँदीका गहना र सुनसहित २ जना पक्राउ परेका हुन् ।


Advertisement

इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले नवलपुर–मलंगवा सडकखण्डमा सवारी जाँच गर्ने क्रममा अवैध चाँदी र सुनसहित रौतहटको चन्द्रपुर नगरपालिका–१ का २७ वर्षीय मोटरसाइकल चालक शशीकृष्ण गजमेर र पछाडि सवार सरोज विकलाई पक्राउ गरेको जनाएको छ ।

छिमेकी देश भारतबाट मलंगवा हँुदै नवलपुरतर्फ आएको बा६९प ५१६१ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा भन्सार छलेर ल्याइएको ७१ तोला ३४ लाल चाँदीको गहना र २७.७ लाल सुन झोलामा पोका पारेर लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।


Advertisement

उनीहरूको साथबाट नगद ३७ हजार ५०० रुपैयाँ समेत बरामद भएको र भन्सार छली गरेर ल्याइएको गहनाको अन्दाजी मूल्य रु ७० हजार कायम गरी थप अनुसन्धान र कारवाहीका लागि भन्सार कार्यालय मलंगवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

खुला सिमानाका कारण पछिल्लो समय भन्सार छली तथा सिमानामा चोरी तस्करीका घटना निरन्तर हुने गरेका प्रहरीको अनुसन्धानले देखाएको छ ।

कमेन्ट गर्नुहोस्