राष्ट्रपतिका रूपमा कति हुन्छ बाइडनको तलब ?

अमेरिकाका राष्ट्रपति शक्तिशाली भए पनि अन्य सरकारी कर्मचारी जस्तै संघीय कानून अनुसार पदको मर्यादा र सीमा पालन गर्नुपर्ने हुन्छ । 

राष्ट्रपतिको तलबदेखि अन्य खर्चसम्म सबै कानूनले निर्धारण गरेको छ । 


Advertisement

अमेरिकी कानून यूएस कोड ३ अनुसार राष्ट्रपतिको वार्षिक तलब चार लाख अमेरिकी डलर हुन्छ । त्यो भनेको लगभग पाँच करोड रुपैयाँ हो । 

त्यसबाहेक राष्ट्रपतिले वार्षिक रूपमा ५० हजार डलर भत्ता पनि पाउँछन् । अनि एक लाख डलर भ्रमणभत्ता पनि पाउँछन् । 


Advertisement

त्यसबाहेक मनोरञ्जनका लागि पनि पैसा दिने गरिएको छ । उनले १९ हजार डलर आफ्नो र परिवारको मनोरञ्जनका लागि खर्च गर्न पाउँछन् । फर्स्ट लेडीलाई चाहिँ तलब दिइँदैन । 

राष्ट्रपतिले तलब लिन्नँ भन्न पनि पाउँछन् । अमेरिकाका ३१औं राष्ट्रपति हर्बर्ट हूवरले तलब नलिई दान दिएका थिए । 

अनि ३५औं राष्ट्रपति जोन एफ केनेडीले पनि तलब लिन अस्वीकार गरेका थिए । उनले राष्ट्रपतिका रूपमा पाउने तलब धार्मिक संस्थाहरूलाई दान दिए । 
डोनल्ड ट्रम्पले पनि तलब लिएनन् । 

राष्ट्रपतिले लिमोजिन गाडी, मरिन वान र एयर फोर्स वानका रूपमा सित्तैमा परिवहन सुविधा पाउँछन् । असन ह्वाइट हाउसमा निःशुल्क आवास पनि उनले पाउँछन् । 

राष्ट्रपति पदबाट मुक्त भएपछि लगभग दुई लाख डलर वार्षिक पेन्सन, स्वास्थ्य सेवा, आधिकारिक यात्राको भुक्तानी र कार्यालय पनि पाउँछन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्