थाइल्यान्ड : राजाको अपमान गरेको आरोपमा महिलाले पाइन् ४३ वर्षको कारावास सजाय

थाइल्यान्डमा एक पूर्व कर्मचारीले राजाको अपमान गरेको स्वीकार गरेपछि ४३ वर्षको कारावास सजाय दिइएको छ । 

मंगलवार बैंकक फौजदारी अदालतले आनचान नाम गरेकी ती महिलालाई राजसी कानूनको उल्लंघनको गरेकोमा सजाय दिएको हो । उनले फेसबूक र यूट्युबमा राजतन्त्रको विरोध गर्दै गरिएको टिप्पणीका अडियो क्लिप शेयर गरेकी थिइन् । 


Advertisement

संविधानको धारा ११२ ले थाई जनतालाई राजाको आलोचना गर्न प्रतिबन्ध लगाएको छ । यसको प्रत्येक काउन्टमा १५ वर्षको कारावास सजायको व्यवस्था छ । 

ती महिलाको उमेर ६० भन्दा बढी छ र उनलाई ४३ वर्ष ६ महिनाको सजाय दिइएको हो । खासमा उनले ८७ वर्षको सजाय पाएकी थिइन् तर अपराध स्वीकार गरेपछि सजाय आधा घटाइएको हो । 


Advertisement

उनीमाथि विगत ६ वर्षदेखि मुद्दा चलिरहेको थियो । सन् २०१४ मा शाही थाई सेनाका कमान्डर प्रयुतले सैन्य कू गरेपछि राजतन्त्रविरोधी आवाज सुनिन थालेको थियो । 

उनलाई सन् २०१५ को जनवरी महिनादेखि सन् २०१८ को नोभेम्बर महिनासम्म कारागारमा राखिएको थियो । 
 

आनचानले ४० वर्षसम्म सरकारी कर्मचारीका रूपमा काम गरेकी थिइन् । सेवानिवृत्त हुनुभन्दा एक वर्षअघि उनी पक्राउ परेकी थिइन् । उनी कसूरदार ठहरिएकाले पेन्सनबाट वञ्चित हुने भएकी छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्