संवैधानिक इजलासमा सुनुवाइ शुरू, ज्ञवालीलाई आघा घण्टा समय

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा बहस लम्बिएपछि इजलासले समय छोट्याउन अधिवक्ताहरूलाई निर्देशन दिएको छ ।

बुधवारको सुनुवाइमा शुरूमा बहस गरेका अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई न्यायाधीश अनिल सिन्हाले आधा घण्टामा बहस सिध्याउन आग्रह गरेका छन् । 


Advertisement

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा आइतवारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । यसअघि ३ दिनसम्म अधिवक्ताले पर्याप्त समय लिएका थिए ।

‘समयको पावन्दीलाई ख्याल गरेनौं भने हामी यता बहस गरिराख्ने, उता भोट हाल्ने दिन आउने हो कि ?’  न्यायाधीश सिन्हाले भने । 


Advertisement

मंगलवार पनि अन्तिममा बहस गरेका ज्ञवालीले १ घण्टाको समय माग गरेका थिए । बहसका क्रममा ज्ञवालीले संविधानले प्रतिनिधिसभा विघटन गर्न प्रधानमन्त्रीलाई अधिकार नदिएको दावी गरे । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्