किन हरायो सुशीलको मूड ?

चलचित्र ‘होस्टेल रिर्टन्स’बाट चलचित्र उद्योगमा छिरेका सुशील श्रेष्ठ पछिल्लो समय न मिडियामा छाएका छन् । न कुनै चलचित्रमार्फत देखिएका छन् ।

आकर्षक ज्यानका कारण एकाएक चलचित्र उद्योगमा चिनिएका यी अभिनेताले छोटो समयमा धेरै चलचित्रमा काम गरे ।


Advertisement

होस्टेल रिर्टन्सपछि बादशाह जुट, सायद २, लभ डायरिज, कारखाना लगायतका चलचित्रमा उनको लोभलाग्दो अभिनयले धेरैको ध्यान खिच्यो । तर, पछिल्लो समय प्रदर्शन भएको चलचित्र ‘लभ डायरिज’ले सोचेजस्तो सफलता हासिल नगरेपछि सुशीलले कुनै नयाँ चलचित्र साइन गरेका छैनन् । कतिसम्म भने सुशीलले यो चलचित्र चलेन भने चलचित्र उद्योग छाड्ने समेत केहि मिडियामा बताएका थिए ।

केहि समय अघिको लोकान्तरसँगको भेटमा सुशीलले केहि चलचित्रको अफर आइरहेपनि साइन गर्न डर लागेको बताएका थिए । त्यसबेला उनले राम्रो स्क्रिप्ट नआएको र चलचित्र निर्माण गर्ने टिम पनि गतिलो नभएकाले साइन गर्ने मुड हराएको प्रतिक्रिया दिएका थिए ।


Advertisement

सुशील निकटका अनुसार उनी अहिले २ वटा सिरिजको तयारीमा छन् । तर, यो कुरा सुशीलले भने अहिलेसम्म खुलाएका छैनन् । सायद सुशीलको हराएको मुड अहिलेसम्म फर्किएन होला, त्यसैले उनले कुनै चलचित्रमा काम गरेनन् ।

तर, उनका नजिकका एक चलचित्रकर्मी भन्छन्, ‘सुशील छिट्टै राम्रो प्रोजेक्टमार्फत दर्शकमाझ फर्किदैछन् । यो समय धेरै लामो हुने छैन ।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्