‘हामी यता बहस गरिराख्ने, उता भोट हाल्ने दिन आउने हो कि ?’

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा सर्वाेच्च अदालतका न्यायाधीश अनिल सिन्हाले बहस लम्बिँदै गए चुनावमा भेट हाल्नु दिन आउनसक्ने बताएका छन् ।

संवैधानिक इजलासमा बहस लम्बिएपछि समय छोट्याउन अधिवक्ताहरूलाई निर्देशन दिइएको छ ।


Advertisement

बुधवारको सुनुवाइमा शुरूमा बहस गरेका अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई न्यायाधीश अनिल सिन्हाले आधा घण्टामा बहस सिध्याउन आग्रह गरेका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा आइतवारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । यसअघि ३ दिनसम्म अधिवक्ताले पर्याप्त समय लिएका थिए ।


Advertisement

‘समयको पावन्दीलाई ख्याल गरेनौं भने हामी यता बहस गरिराख्ने, उता भोट हाल्ने दिन आउने हो कि ?’ न्यायाधीश सिन्हाले भने । 

मंगलवार पनि अन्तिममा बहस गरेका ज्ञवालीले १ घण्टाको समय माग गरेका थिए । बहसका क्रममा ज्ञवालीले संविधानले प्रतिनिधिसभा विघटन गर्न प्रधानमन्त्रीलाई अधिकार नदिएको दावी गरेका छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्