प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम र प्रदेश १ ब्याटिङमा

चौंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बुधवार २ खेल भइरहेका छन् ।

त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर १ तथा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच अहिले खेल भइरहेको छ । सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ ले ब्याटिङ गरिरहेका छन् । 


Advertisement

मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब विरुद्धको खेलमा टस जितेर प्रदेश १ ब्याटिङमा उत्रेको हो । प्रदेश नम्बर १ ले २६ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ८६ रन बनाएको छ ।

उपाधिको दाबेदार मानिएको आर्मी लगातार तेस्रो जितको खोजीमा हुनेछ । यसअघि उसले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराइसकेको छ । 


Advertisement

आर्मी ४ अंकसहित लिगको शीर्ष स्थानमा छ ।

अर्को खेल कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा पुलिस क्लब र सुदूरपश्चिमबीच भइरहेको छ । टस हारेपछि अहिले सुदूरपश्चिम ब्याटिङ गरिरहेको छ । 

सुदूरपश्चिमले २९ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १०४ रन बनाएको छ । दुवै टोली पहिलो जीतको खोजीमा छन् ।

कमेन्ट गर्नुहोस्