कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालकी ३० वर्षीया विन्दु पन्त पाण्डेय २ दिनदेखि बेपत्ता रहेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलवार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी कार्य जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले परिवारबाट महिला हराएको खबर पाउनासाथ प्रहरी टोली खोजीमा जुटिरहेको बताए ।
‘खोज्दै जाँदा महिलाको साइकल भीमदत्त नगरपालिका–९ मा भेटिएको छ,’ उनले भने ।
महिलाको खोजी भइरहेको र मोबाइल फोन स्वीचअफ रहेको प्रहरीले जनाएको छ । बेपत्ता पाण्डेयका पति नेपाली सेनामा कार्यरत छन् ।
रासस