बेलायतको डड्लीमा एक पिताले आफ्नी नवजात छोरी रोइरहेपछि चुप लगाउन बेस्सरी हल्लाएर मारेका छन् ।
फिलिप पीस नामक ती व्यक्तिले घरमा पाँच महिनाकी छोरीलाई हल्लाएर हत्या गरेका हुन् ।
बच्ची लत्रक्क परेपछि उनले ९९९ मा डायल गरेका थिए । स्वासथ्यकर्मीहरू आइपुग्दा शिशुलाई सास फेर्न गाह्रो परेको अवस्थामा फेला पारे ।
समर नामक ती शिशुलाई रसल्स हल हस्पिटल पुर्याइएको थियो । त्यहाँ २४ घन्टापछि उनको मृत्यु भयो ।
घटना सन् २०१७ को सेप्टेम्बर ८ मा भएको हो । त्यसको पुर्पक्ष सोमवारबाट शुरू भएको हो ।
अदालतमा सुनुवाइ हुँदा शिशुको मस्तिष्कमा गम्भीर घाउचोट लागेको, ११ वटा हाड भाँचिएको अनि आँखाबाट रगत चुहिएको पाइएको थियो ।
बच्ची रोएपछि आफूले गोडामा राखेर हल्लाएको पीसले बताए ।
अभियोजन पक्षले शिशुलाई जानीजानी हत्या गरेकोमा पीस दोषी रहेको भन्दै अधिकतम सजायको माग गरेको छ ।
एजेन्सी