थाइल्यान्डका एक माझीले १४ दिनअघि ह्वेलमाछाको बान्ता फेला पारेका छन् । त्यसको मूल्य तीन करोड ३५ लाख जति पर्छ ।
चालेर्मचाइ महापान नामक ती २० वर्षीय माझीले ह्वेलको सात किलो बान्ता समिला बीचमा फेला पारेका थिए ।
माछा मार्न गएको बेलामा समुद्रमा मौसम बिग्रेपछि किनारतिर आउन बाध्य भएको उनले बताए ।
किनारमा डुंगा ल्याउँदा चालेर्मचाइले बालुवामा सेतो बान्ता फेला पारे ।
उनले त्यसलाई घर ल्याए र गाउँलेहरूलाई यो के होला भनी सोधे । उनीहरूले यो एम्बरग्रिस हो भनी बताए ।
ह्वेलको आन्द्रामा एम्बरग्रिस बन्छ र उसले छादेपछि डल्लो कहिलेकाहीँ लहरमा लहरिँदै किनारमा आइपुग्छ ।
एम्बरग्रिसको गन्ध नराम्रो हुन्छ तर त्यसलाई सुकाएपछि त्यसको सुगन्ध आउँछ र त्यो लामो समयसम्म टिक्छ । पर्फ्युम उद्योगले एम्बरग्रिसलाई मरिहत्ते गरी खोज्छ ।
त्यसैले यसको मूल्य महंगो हुन्छ ।
एजेन्सी