एक्साइड ब्याट्रीको लागि ‘पेपरलेस वारेन्टी’

एक्साइड ब्याट्रीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकको सहजतालाई ध्यानमा राखेर पेपरलेस वारेन्टीको शुरूआत गरेको छ ।

पेपरलेस वारेन्टीमार्फत् एक्साइड ब्याट्रीको वारेन्टी अवधिमा पाउने सुविधाको लागि अब वारेन्टी कार्ड खोजी राख्नुपर्दैन । 


Advertisement

अब ग्राहकले एक्साइड ब्याट्री खरिद गर्दा पाउने वारेन्टी सिप्रदी एप डाउनलोड गरी त्यसमा रेजिस्टर गरेर वारेन्टीको दाबी गर्न सक्नेछन् ।

एक्साइड ब्याट्री नेपालका जेनेरल म्यानेजर सुरेशकुमार तिवारीका अनुसार एक्साइड ब्याट्रीलाई नेपालको नम्बर १ ब्याट्री बनाउनुमा ग्राहकको ठूलो भूमिका रहेको छ । 


Advertisement

‘ग्राहकको हामीप्रतिको उदारता र विश्वासले हामीलाई सधैं हाम्रा ग्राहकहरूको हितमा काम गर्ने ऊर्जा र हौसला प्रदान गर्दछ । त्यही कार्यलाई निरन्तरता दिँदै हामीले अहिले पेपरलेस वारेन्टीको शुरूवात गरेका छौं,’ तिवारीले भने, ‘धेरै ग्राहकहरूबाट वारेन्टीको दावी गर्दा वारेन्टी कार्ड हराएको वा नभेटिएको गुनासो आइराख्ने भएकाले त्यस झन्झटबाट मुक्त हुन पेपरलेस वारेन्टीको शुरूवात गरेका छौं । यसको प्रयोगले हाम्रा ग्राहकको साथै बिक्रेताहरूलाई पनि सहज हुनेमा हामीलाई पूर्ण विश्वास छ ।’

पेपरलेस वारेन्टी अन्तर्गत एक्साइड ब्याट्रीको वारेन्टी स्टोर गर्न, ग्राहकले आफ्नो स्मार्ट फोनमा सिप्रदी एप डाउनलोड गरेर, एक्साइड ब्याट्री वा वारेन्टी कार्डमा भएको क्युआर कोड स्क्यान गरी रेजिस्टर गर्न सक्नेछन् । यसबारे थप जानकारीको लागि सिप्रदीको टोल फ्री नम्बर एनटीसी भए १६६००१५५७७७ वा एनसेल भए ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

पेपरलेस वारेन्टीबाट ग्राहकले झन्झटरहित वारेन्टी सजिलै प्राप्त गर्न सकिने भएकाले यसलाई ग्राहकले मन पराइदिनेमा कम्पनी विश्वस्त रहेको जनाइएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्