केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा

ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइनल गरी २ आरओ मोडेल नेपाली बजारमा ल्याएको छ । स्वच्छ पिउने पानी अब सबैको जरुरी बन्दै गएको छ ।

केन्ट सुप्रीम लाइट


Advertisement

केन्ट सुप्रीम लाइटमा केन्टको खनिज आर ओ टेक्नोलोजी र टीडीएस नियन्त्रकको साथ छ । ‘यस शुद्धीकरणले तपाईंको परिवारलाई पानीबाट हुने रोगहरूबाट जोगाउँछ । पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत राख्दछ । केन्ट सुप्रीम लाइट सबै खालको पानीको शुद्धीकरणको लागि उपयुक्त हुन्छ । यसमा भएको आरओ+यु.एफ+टीडीएस नियन्त्रणको बहुशोधन प्रक्रियाले पिउने पानीलाई १००% शुद्ध र पिउन योग्य बनाउँछ । यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक, र फ्लोराइड जस्ता विघटित अशुद्धताहरू हटाउँछ र पानी पिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नष्ट गर्दछ,’ कम्पनीले जनाएको छ ।

केन्ट सुप्रीम लाइट पूर्ण स्वचालित स्वतः अन र अफ (बन्द) कार्यक्षमताको साथ आउँछ । शुद्धीकरण स्वचालित रूपमा बन्द हुन्छ जब भण्डारण ट्यांकी भरिन्छ र पुनः शुरू हुन्छ, जब पानीको स्तर अधिकतमभन्दा तल खस्दछ ।


Advertisement

केन्ट सुप्रीम लाइटको बजारको मूल्य २१ हजार ९९० रुपैयाँ रहेको छ ।​

केन्ट ग्रान्ड प्लस अल्कलाइन

केन्ट ग्रान्ड प्लस अल्कलाइनले १००% शुद्ध र खनिजयुक्त शुद्ध पानी प्रदान गर्दछ, जसमा केन्टको खनिज आरओ टेक्नोलोजी रहेको छ । नेपाली घरहरू र कार्यालयको लागि उपयुक्त, यो उपकरण सबै खालको पानीको शुद्धीकरणको लागि उपयुक्त छ ।

‘केन्टको उत्कृष्ट अल्कलाइन आरओ प्यूरीफायरले तपाईंको पानीको पीएच स्तर कायम राख्दछ । यसले पानीको पीएच स्तर ८.० देखि ९.० को बीचमा समायोजन गरेर पानीलाई क्षारीय बनाउँछ,’ कम्पनीले जनाएको छ ।

केन्ट ग्रान्ड प्लस अल्कलाइन इन–ट्यांक यूभी कीटाणुशोधन सुविधाको साथ सुसज्जित छ । भण्डारण ट्यांकीमा यूभी एलईडीले लामो समयको लागि पानी शुद्ध राख्ने जनाइएको छ ।

केन्ट ग्रान्ड प्लस अल्कलाइनको बजारको मूल्य २९ हजार ९९० रुपैयाँ रहेको छ ।

केन्ट आरओ प्युरिफायरहरूलाई डब्ल्यूक्यूएको अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सील र एनएसएफ, (संयुक्त राज्य अमेरिका) बाट प्रमाणपत्र प्रदान गरिएको छ । केन्टले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार र मान्यता प्राप्त गरेको छ ।

केन्टका पानी प्रशोधक (प्युरिफायर) अतिरिक्त, एयर प्युरिफायर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्