नक्कली धनी खडा गरी कीर्ते गरेर जग्गा बिक्री गरेको अभियोगमा उद्योग मन्त्रालयका अधिकृत विनोद दाहाल र कलंकी मालपोत कार्यलयका नासु नारायण श्रेष्ठ पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंबाट धनगढी जाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको डीएसपी प्रमेश विष्टले जानकारी दिए ।
उनीहरूमाथि विदेशमा रहेका व्यक्तिको नामको जग्गालाई नक्कली धनी खडा गरेर बिक्री गरेको अभियोग छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ ।
लोकान्तर संवाददाता