×

NMB BANK
NIC ASIA

जिल्ला–जिल्लामा मध्यावधि निर्वाचनको तयारी

माघ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालयले सक्रियता बढाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मध्यावधि निर्वाचनको तयारी विशेष अन्तरक्रिया आयोजना गरेर निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा आगामी माघ १५ देखि २१ गतेसम्म र जिल्ला सदरमुकाममा माघ १५ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

जिल्लाका आठवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने, निर्वाचन शिक्षा र सचेतनाका अभियानहरू चलाउने लगायत कार्यक्रम तय गरिएको जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले बताए ।

Vianet communication
Laxmi Bank

उनका अनुसार आगामी माघ १६ र १७ गते दुई दिन प्रत्येक स्थानीय तहको केन्द्रमा आफ्नो नामावली सच्च्याउने, दोहोरो नामावली हटाउने तथा दाबी विरोधका लागि निवेदन दिन सकिनेछ । 

स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ । उक्त कार्यक्रममार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटि सच्याउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म सङ्कलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्नेछ । 

त्रुटि सच्च्याउने, दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने र त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहोरो विवरण हटाउने तथा आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराइएको विवरण आयोगको वेबसाइटमार्फत प्रकाशन गरिने जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

शुरू भयो निर्वाचनको तयारी

देशमा संसद् विघटनसँगै चुनावी मिति घोषण समेत भएको छ । आगामी वैशाखमा हुने निर्वाचनका लागि मनाङमा निर्वाचन केन्द्र निर्धारण गरिएको हो ।

संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भए तापनि मुलुकभर निर्वाचनको तयारी भने भइरहेको छ ।  

हिमालपारिको जिल्ला मनाङमा आसन्न निर्वाचनको तयारी शुरु भएको छ । चारवटा गाउँपालिका रहेको यस जिल्लामा आगामी निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गर्ने काम भएको हो । 

मतदान केन्द्र निर्धारण समितिको बैठकले जिल्लाभर २८ वटा मतदान केन्द्र निर्धारण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

उनका अनुसार चामे गाउँपालिकामा पाँचवटा मतदान केन्द्र रहने छ भने त्यस्तैगरी नासों गाउँपालिकामा नौ, मनाङ ङिस्याङ गाउँपालिकामा नौ र नार्पाभूमि गाउँपालिका पाँचवटा मतदान केन्द्र रहने छ ।

जिल्लाभर चार गाउँपालिकामा जम्मा २८ वडा रहेका छन् । जिल्लाको २०६८ सालको जनगणनाअनुसार कूल जनसङ्ख्या छ हजार १४७ जना रहेका छन् ।

गत निर्वाचनमा जम्मा पाँच हजार ८८१ मतदाता सङ्ख्यामध्ये प्रतिनिधिसभामा चार हजार ३३५ मत खसेको थियो । 

त्यस्तै प्रदेशसभामा चार हजार ३३८ मत खसेको जिल्ला निर्वाचन कार्यालय चामे मनाङले जनाएको छ ।

सो निर्वाचनमा प्रतिनिधिसभामा १६ मत बदर भएको थियो भने प्रदेशसभामा १४ मत बदर भएको जिल्ला निर्वाचनले जनाएको छ ।

जिल्ला निर्वाचनका अनुसार प्रत्येक वडामा सबैलाई पायक पर्ने स्थानमा मतदान केन्द्र निर्धारण गरिएको जनाएको छ । हाल पछिल्लो मतदाता नामावली आइनसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x