×

NMB BANK
NIC ASIA

बजाज अटो लिमिटेड विश्वकै सर्वाधिक मूल्यवान दुई–पाङ्ग्रे सवारी कम्पनी

माघ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बजाज अटो लिमिटेड बजार पूँजीकरण रु १ दशमलव ६ लाख करोड नाघ्ने विश्वव्यापी रुपमा पहिलो दुइ–पाङ्ग्रे कम्पनी बनेको छ ।

Muktinath Bank

बजाज अटो लिमिटेडको शेयर मूल्य आज एनएसईमा प्रति शेयर रु.५ हजार ५६६ दशमलव ४ रुपैयाँ पुगेर बजार पूँजीकरण रु.१ लाख ६१ हजार ७३ दशमलव २ करोडमा समेटिएको थियो । बजाज अटोले संचालनको ७५औं वर्षमा यो ऐतिहासिक माइलस्टोन स्थापना गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्लेषकहरूका अनुसार यो भन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुइ–पाङ्ग्रे सवारी कम्पनीले रु १ दशमलव ६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण हासिल गर्न सकेको छैनन् । यसप्रकार, बजाज अटो दुइ–पाङ्ग्रे सवारी श्रेणीमा सबैभन्दा मूल्यवान कम्पनी मात्र होइन, १ दशमलव ६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण पुर्‍याउने विश्वमै पहिलो दुइ–पाङ्ग्रे कम्पनी पनि हो ।


Advertisment
Nabil box
Kumari

बजाज अटोको यात्रा भारतमा ७५ बर्ष पहिले शुरू भएको थियो र आज यसका पल्सार, बक्सर, प्लेटिना र आरई जस्ता ब्राण्डहरू विश्वका ७० भन्दा बढी देशहरूमा लोकप्रिय छन् जसले यसलाई वास्तवमै “विश्वकै लोकप्रिय भारतीय” ब्राण्ड बनाएको छ । यस वर्ष थाइल्यान्डमा प्रवेश गरिसकेको र अर्को वर्ष ब्राजिलमा सम्भावित प्रवेशसँगै यो विश्व बजारमा लगातार विस्तार भइरहेको छ ।

Vianet communication
Laxmi Bank

बजाज अटोको अस्ट्रियाको केटीएम एजीसँग सफल साझेदारी छ जहाँ यस साझेदारीले केटीएमलाई प्रीमियम स्पोर्ट मोटरसाइकलको सबैभन्दा ठूलो निर्माता बन्न मद्दत गरेको छ ।

आइकोनिक केटीएम र हुस्कर्वना दायराका धेरै मोडलहरू बजाज र केटीएमले संयुक्त रूपमा डिजाइन गरेका छन् र अमेरिका र जापान जस्ता विकसित देशहरू लगायत विश्व बजारमा निर्यातका लागि भारतमा निर्मित छन् ।

बजाज अटोले पनि ट्राइम्फ युकेसँग विश्व बजारका सेवा प्रदान गर्न भारतमा उस्तै प्रकारका ट्राइम्फ मोटरसाइकलको नयाँ श्रृंखला बनाउनका रणनीतिक साझेदारी गरेको छ ।

यस उपलब्धीका बारेमा बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले भने, 'मोटरसाइकल वर्गमा कम्पनीको विशेष ध्यान र विभेदको रणनीतिप्रति अटल प्रतिबद्धता र टीपीएमको अभ्यासले विश्वव्यापी महत्वाकांक्षासँग मिलेर आज बजाजलाई विश्वभर सर्वाधिक मूल्यवान दुई पाङ्ग्रे सवारी कम्पनी बनाएको छ । यसले हामीलाई अझ बढि सेवा प्रदान गर्न र विश्वभरि ग्राहकहरुलाई खुशी पार्न प्रोरित गरेको छ ।'

बजाज अटो बजाज समूहको फ्ल्यागसीप कम्पनी हो । बजाज समूह भारतमा शीर्ष १० व्यापार घरानाहरु मध्ये एक हो । सन् १९२६ मा भारतमा स्वतन्त्रताको लागि आन्दोलनको चरम सीमामा स्थापित यो समूहको उत्कृष्ट इतिहास छ ।

बजाज अटो मोटरसाइकलको लागि विश्वको तेस्रो ठूलो निर्माता र तीन पाङ्ग्रे सवारीको सबैभन्दा ठूलो निर्माता हो ।

बजाज अटो भारतको नम्बर १ मोटरसाइकल र तीन पाङ्गे निर्यातकर्ता हो, भारतबाट निर्यात तीन मध्ये दुई बाइक र तीन पाङ्गे बजाजले बनाएको पाइएको छ ।

७० भन्दा बढी देशहरूमा १५ मिलियन भन्दा बढी मोटरसाइकलहरू बिक्री भएसंगै, बजाज अटोले भारत सरकारको 'मेक इन इन्डिया' दर्शनको लागि उल्लेखनीय बेन्चमार्क कायम गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x