बाइडेन आएसँगै अमेरिकाले बनाउला भिसा नीति खुकुलो ?

राष्ट्रपति निर्वाचित जो बाइडेनले ट्रम्प प्रशासनका अनेकौं निर्णयहरु उल्ट्याउने बताइएको छ । समाचारहरुमा जनाइएअनुसार बुधबार पद तथा गोपनीयताको शपथ लिएका उनले ट्रम्प प्रशासनका कतिपय निर्णयहरु उल्ट्याउने तयारी गरेका छन् ।
मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माणाधीन पर्खालको निर्माण कार्य रोक्ने र ईस्लामिक देशका नागरिकमाथि लागेको भ्रमण प्रतिबन्ध हटाउने उनको तयारी छ ।
त्यस्तै, १३ वटा देशका नागरिकको भ्रमण भिसा प्रक्रियालाई सामान्य अवस्थामा फर्काउने काम पनि उनले गर्नेछन्, यी देशहरुमध्ये अधिकांश इस्लामिक बाहुल्य देश छन् । यसबाहेक बाइडेनले ‘डिफेरेड एक्सन फर चाइल्डहुट अराईभल्स (डिएसीए) कार्यक्रमलाई पनि विस्तार गर्दैछन् भने कागजात नभएका आप्रवासीहरुलाई पनि जनगणना समावेश गर्ने सुनिश्चित गर्ने बताइएको छ ।

 


Advertisement


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्