×

NMB BANK
NIC ASIA

संसद पुनःस्थापनाको कुरा पश्चगामी, नयाँ संसद स्थापना नै अग्रगमन : गृहमन्त्री थापा

माघ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधिसभा पुनःस्थापनाको कुरा प्रतिगामी कदम र पश्चगमन भएको दावी गरेका छन् । 

Muktinath Bank

चुनावमार्फत नयाँ संसदको स्थापना गरेर मात्र मुलुक अग्रगमनमा जाने उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा समर्थित पत्रकारको संस्था प्रेस संगठन नेपालको भेलालाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै गृहमन्त्री थापाले अहिले प्रतिगामी र अग्रगामीबीच भीषण टक्कर भइरहेको बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘जनताको बीचमा गएर, नयाँ संसदको स्थापना गरेर मात्र अग्रगमनको प्रक्रिया अगाडि बढाउन सकिन्छ । जनताको बीचमा गएर नै विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न सकिन्छ,’ मन्त्री थापाले भने, ‘सरकारले नयाँ संसदको स्थापना, पुरानो संसद विघटनको लाइन लिएको छ । संसद पुनःस्थापना प्रतिगमन तिरको यात्रा हो, त्यो पश्चगामी कदम हो । पार्टी र सरकारले नयाँ संसदको स्थापना गर्ने ऐतिहासिक निर्णय र साहसिक कदम लिएको छ ।’ 

Vianet communication
Laxmi Bank

मन्त्री थापाले प्रतिनिधिसभा पुनःस्थापनाको कुरा गलत भएको पटक–पटक दोहोर्‍याए । ‘पुरानो संसदको पुनःस्थापना गलत कदम हो, त्यसले प्रतिगमनको दिशातिर लैजान्छ । ठोस सत्य नयाँ संसद स्थापना गर्ने हो । संसद पुनःस्थापना असत्य हो, यसको पर्दाफास गर्नुपर्छ । यो संकल्प राष्ट्रिय भेलाले गर्न जरुरी छ,’ गृहमन्त्री थापाले भने । 

मन्त्री थापाले नेकपा समर्थित पत्रकारलाई मध्यावधि निर्वाचनलाई नयाँ आन्दोलन र अभियानको रूपमा जनतालाई सचेत गराउन आग्रह गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x