×

NMB BANK
NIC ASIA

राति यस्ता सपना आयो ? जान्नुहोस् कारण

चैत २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 राति सुतेपछि हरकोहीलाई सपना आउँछ । कसैले बिहान उठ्दा सपना सम्झिन्छन् भने कसैले बिर्सिन्छन् । तर देख्न चाहिँ सबैले सपना देख्छन् नै ।
मनोवैज्ञानिकहरूका अनुसार हामीलाई रातभरि सपना आउँदैन तर एक खास समयमा भने पक्कै आउँछ । त्यतिखेर हाम्रो मस्तिष्क सपना बुन्नमा व्यस्त हुन्छ ।

Sagarmatha Cement
Muktinath Bank

 किन आउँछ सेक्सी सपना ?
केही मान्छे सेक्सका बारेमा हरदम सोचिरहेका हुन्छन् । सेक्स गर्ने हिम्मत नभएका यस्ता मान्छेले मनमा कुरा दबाएर बसिरहेका हुन्छन् । युवाहरूलाई सेक्सको सपना आउनु आश्चर्यको कुरा हैन तर बुढाबुढीलाई समेत यस्तो सपना आउन सक्छ । सेक्सको सपना उमेर बढ्दै जाँदा झन् झन् आउँछ । अत्यधिक रचनात्मक मान्छेलाई पनि सेक्सको सपना आउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वप्रेमीसँग सेक्स गरेको सपना
तपाईंले नचाहे पनि पूर्वप्रेमी वा प्रेमिकासँग सेक्स गरेको सपना तपाईंले देख्न सक्नुहुन्छ । मनोवैज्ञानिकहरूका अनुसार प्रेमीहरू भूपू भएपनि सपनामा त उनीहरू आफ्नै हुन् नि भन्ने सोच व्यक्तिमा निहित हुन्छ । उनीहरूसँगको पुरानो याद अचेतनमा रहिरहेको हुन्छ ।


Advertisment
Nabil box
Kumari

 हाकिमसँग सेक्स
 कहिलेकाहीँ हामी आफ्नो हाकिमको लट्टु भएका हुन सक्छौं । मनोवैज्ञानिकहरूका अनुसार हामी आफ्नो हाकिम जस्तै बन्न चाहने इच्छा मनमा पाल्दा यस्तो सपना देख्न पुग्छौं । हाकिमले एउटा अफिस नै हाँक्ने हुनाले हामीहरू ऊप्रति आकर्षित हुन्छौं ।

Vianet communication
Laxmi Bank

जनावरसित सेक्स
सेक्स जो वा जेसँग पनि गर्न मन लाग्छ मान्छेलाई । बिजुलीको पोलदेखि सडकको खाल्डोसम्मलाई नछोड्ने मान्छे पनि भेटिन्छन् । कसैकसैलाई जनावरसँग सेक्स गरेको सपना आउन सक्छ । यस्तो सपना आउने मान्छे आफूमा मानसिक समस्या छ कि क्या हो भनेर आत्तिन सक्छ । तर मनोवैज्ञानिकहरूका अनुसार दामी सेक्स गर्न मन भएका मान्छेले जनावरसँग सेक्स गरेको सपना देख्छन् ।

कलाकारसँग सेक्स
हरेक व्यक्तिलाई कोही न कोही प्रसिद्ध कलाकार मन पर्छ नै । अनि उनीहरूसँग सेक्स गरेको सपना पनि आउन सक्छ । यस्ता सपना देख्ने मान्छेका बारेमा मनोवैज्ञानिकहरूको के मत छ भने तिनीहरू जिन्दगीमा केही गर्न चाहँदैनन्, खालि स्वैरकल्पनामा बस्न चाहन्छन् ।

एलियनसँग सेक्स
 कहिलेकाहीँ हाम्रो सपनामा एलियन आउँछन् र हामी उनीहरूसँग क्रीडा गर्छौं । हैन हामीले के गरेको यो जस्तो पनि लाग्छ । मनोवैज्ञानिकहरूका अनुसार सेक्समा रोमाञ्चको चाहना गर्नेहरू यस्तो सपना देख्छन् । सपना जस्तो भएपनि सपना नै हो । तपाईं आफ्नो सेक्स लाइफको आनन्द उठाउनुहुन्छ भने वास्तविक संसारमा आउनुस् । सपनामा मात्र रमाएर के गर्नु ?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x