शुक्रबारको प्रदर्शनमा हुनसक्ने घुसपैठप्रति प्रचण्ड-नेपाल पक्ष सचेत

प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा गर्ने भनिएको जनप्रदर्शन शान्तिपूर्ण हुने सो पार्टीले जनाएको छ । संविधानले निर्दिष्ट गरेको सीमाभित्र रहेर गरिने सो प्रदर्शन पूर्णतयः शान्तिपूर्ण हुने उक्त पार्टीको केन्द्रीय सङ्घर्ष समितिले जनाएको छ । सङ्घर्ष समितिद्वारा आज जारी विज्ञप्तिमा आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न अपिल गरिएको छ ।

    प्रदर्शनमा घुसपैठ गरी शान्तिपूर्ण आन्दोलनलाई बिथोलेर अराजकता र द्वन्द्वतिर लैजाने प्रयासप्रति भने सचेत रहेको सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए । विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदूर र खेलकूद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने बताइएको छ ।


Advertisement

सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाद्वारा जारी संविधानमाथि भएको अन्याय विरुद्ध नेकपाले देशव्यापीरूपमा सङ्घर्षको कार्यक्रम जारी राखेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्